
काठमाडौँ – नेपाली कांग्रेसले सोमबार प्रतिनिधिसभा विघटनविरुद्ध देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दैछ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि कांग्रेसले देशभरका निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागेको हो ।
कांग्रेसले पूर्व निर्धारित कार्यक्रम १६५ वटै संघीय निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन हुन लागेको हो । त्यसका लागि सांसदहरु आफ्नो निर्वाचन क्षेत्र गएका छन् ।
एउटा मात्रै निर्वाचन क्षेत्र भएको जिल्लाहरुमा सदरमुकाममा कार्यक्रम हुनेछ। अरु जिल्लामा भने हरेक निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने कांग्रेसले जाएको छ ।