महोत्तरीको छुट्टा छुट्टै स्थानमा दुर्घटना, एकको मृत्यु, पाँच घाइते

महोत्तरीको छुट्टा छुट्टै स्थानमा दुर्घटना, एकको मृत्यु, पाँच घाइते
+
-

जनकपुरधाम- महोत्तरीको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

बुधबार महोत्तरीको मटिहानी नगरपालिका वडा नं. ७ मा ना १ ज ३६०० नम्बरको पिकअप भ्यानको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

सोही स्थानका मनोज ठाकुरका ६ वर्षीय छोरा राज ठाकुरको पिकअप भ्यानको ठक्करबाट घाइतेभएकोमा उपचारको लागि जनकपुरधाम ल्याउने क्रममा बाटोमै मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

ठक्कर दिन पिकअप भ्यान प्रहरीको नियन्त्रणमा रहेको र चालक फरार भएकोले खोजतलास भइरहेको महोत्तरी प्रहरीले जनाएको छ।

त्यस्तै बर्दिबास नगरपालिका वडा नं. १० लक्ष्मीनियाँ चोक स्थित पुर्व पश्चिम लोकमार्गमा बर्दिबासबाट सर्लाही तर्फ जाँदै गरेको ना १ ह ३०७९ नम्बरको अटो आफै अनियन्त्रि भई दुर्घटना हुँदा चालक सहित पाँचजना घाइते भएको प्रवक्ता विष्टले जानकारी दिए।

घाइते हुनेमा अटो चालक ५२ वर्षीय गोबिन्द रसाईली र अटोमा सवार रहेका लमजुङ बेसिसहर नगरपालिका वडा नं. २ का ३० वर्षीय पुष्कर अधिकारी, २८ वर्षीय सुमन अधिकारी, २१ वर्षीय सिमा अधिकारी, २८ वर्षीय मन्दिरा केसी रहेको र सबैको उपचार बर्दिबास स्थित शुभ स्वास्तिक अस्पतालमा भइरहेको महोत्तरी प्रहरीले जनाएको छ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’