वरिष्ठ गायिका दावा ग्याल्मोलाई एक लाख राशीको ‘बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार’ प्रदान गरिने

वरिष्ठ गायिका दावा ग्याल्मोलाई एक लाख राशीको ‘बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार’ प्रदान गरिने
+
-

काठमाडौँ – यसवर्षको ‘बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार’ वरिष्ठ गायिका दावा ग्याल्मोलाई प्रदान गरिने भएको छ ।

हेटौँडाका व्यवसायी तथा संगीतप्रेमी कन्हैयाकृष्ण श्रेष्ठले आफ्ना आमाको नाममा स्थापना गरेको पुरस्कारबाट यो वर्ष भारतको दार्जिलिङ्ग निवासी गायिका ग्याल्मोलाई सम्मानित गरिने भएको हो । यो पुरस्कार विसं २०६४ सालदेखि प्रदान गरिँदै आएको छ ।

नेपाली संगीतमा विशिष्ठ योगदान दिने व्यक्तित्वलाई हरेक वर्ष एक लाख रुपैयाँ राशीको पुरस्कारबाट सम्मानित गर्ने गरिएको छ ।

तर गएको वर्ष भने कोरोना भाइरसको महामारीका कारण पुरस्कार वितरण गर्न नसकिए पनि यो वर्ष सावधानी अपनाएर पुरस्कार वितरण कार्यक्रम गर्न लागिएको भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानका अध्यक्ष हयग्रीव आचार्यले बताए । आउँदो माघ १७ गते हेटौँडामा विशेष कार्यक्रम गरि पुरस्कार वितरण गरिने छ ।

यस्तै यहि वर्षदेखि प्रतिष्ठानले २० हजार रुपैयाँ राशीको भीम विराग सङ्गीत युवा पुरस्कार २०७७ दक्षिण एसियाकै पहिलो महिलाहरूको साङ्गीतिक समूह हार्मोनीः महिला गायन समूह पोखरालाई प्रदान गर्ने भएको छ ।

वरिष्ठ कला साधक, कवि एवम् गीतकार भीम विरागको बहुआयामिक व्यक्तित्वप्रति सम्मान स्वरूप भाषा, साहित्य र कला क्षेत्रको संरक्षण एवम् सम्वर्धन गर्ने उद्देश्यका साथ २०५९ सालमा भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान स्थापना भएको थियो । प्रतिष्ठानले स्थापना कालदेखि हालसम्म साहित्य, संगीत, साँस्कृतिक र कलाका क्षेत्रमा १० वटा पुरस्कारको व्यवस्थापन गर्दै आएको छ ।

विसं २०६४ सालमा स्थापना भएको ‘बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार’ बाट यसअघि अम्बर गुरुङ–२०६४, प्रेमध्वज प्रधान–२०६५, भक्तराज आचार्य–२०६६, फत्तेमान राजभण्डारी–२०६७, शान्ति ठटाल–२०६८, प्रकाश श्रेष्ठ–२०६९, दीप श्रेष्ठ–२०७०, न्हुच्छे बहादुर डंगोल २०७१ (नाट्यश्वर संगीत प्रशिक्षण केन्द्र), मीरा राणा–२०७२, कर्म योञ्जन–२०७३ र चेतन कार्की–२०७४ सम्मानित भएका छन् ।

यो पनि पढ्नुहोस्

‘मितज्यू नाइट’ बाट सुरु भएको त्यो अबिरल यात्रा

‘मितज्यू नाइट’ बाट सुरु भएको त्यो अबिरल यात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’