
कोरोना भाइरसको महामारीका कारण आर्थिक समस्यामा आइ जीविकोपार्जनमा कठिनाइ भोगिरहेका नागरिकलाई सहायता स्वरुप प्रदान गरिने रकम दुई हजार अडर पु¥याउने प्रयासमा अमेरिकी माथिल्लो सदनका नेता बाधक बनेका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको अपिल बमोजिम तल्लो सदनमा बहुमतमा रहेको डेमोक्र्याटिक पार्टी तथा केही रिपब्लिकन पार्टीका सांसदको समर्थनमा सहयोग रकम बढाउने सम्बन्धी विधेयक पारित भएको थियो ।
तर ट्रम्पकै रिपब्लिकन पार्टीको नियन्त्रण कायम रहेको माथिल्लो सदन सिनेटका मेजोरिटी लिडर मिच म्याकोनलले सहयोग रकम बढाउने प्रयासमा अवरोध गरेका हुन् ।
मिच लामो समयदेखि ट्रम्पका सहयोगी रहँदै आएका भएपनि सहयोग रकम बढाउने प्रयासमा भने बाधक बनेका हुन् । सहयोग रकम प्रतिव्यक्ति ६०० बाट दुई हजार डलरमा बढाउनु यसअघि नै संकटमा आएको अर्थतन्त्रका लागि अर्को बोझ हुने बताएका छन् ।
स्थानीय समय अनुसार गएको सोमबार बेलुका डेमोक्र्याटको बहुमत रहेको तल्लो सदनले २७५–१३४ ले राहत रकम ६०० बाट दुई हजार बनाउने व्यवास्थ पारित गरेको थियो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले राहत प्याकेज सम्बन्धी विधेयकमा हस्ताक्षर गर्न अस्वीकार गरेकका थिए । उनले आइतबार अन्ततः हस्ताक्षर गरे । ट्रम्पले राहत रकम दुई हजार बनाउन माग गरेका थिए । सोही अनुसार तल्लो सदनले सो व्यवस्था पारित गरेको हो ।
तर ट्रम्पको पार्टी (रिपब्लिकन) को नियन्त्रण रहेको माथिल्लो सदन सिनेटका नेता मिचले सो विधेयक अघि बढाउने नबढाउने निर्णय गरेका हुन् ।
सिनेटका डेमोक्र्याटिक सदस्यले विधेयकमाथि मतविभाजनका लागि सदन बोलाउन गरेको आग्रह मेजोरिटी लिडर मिचले अस्वीकार गरेका हुन् ।