प्रधानमन्त्री ओलीका कारण संविधान डेन्जर जोनमा छः पूर्वमन्त्री पोखरेल

प्रधानमन्त्री ओलीका कारण संविधान डेन्जर जोनमा छः पूर्वमन्त्री पोखरेल
+
-

जनकपुरधाम– पूर्वमन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमको खेती गरिरहेको आरोप लगाएका छन्।

नेकपाका स्थायी समिति सदस्यसमेत रहेका पोखरेलले प्रधानमन्त्री ओलीले भ्रम छर्ने कार्य गरिरहेकाले यसलाई चिर्नुपर्ने आवश्यकता रहेको बताए।

उनले भने, ‘ओलीले भ्रम छरेर पार्टी भित्रका विवाद देखाएर अराजक गतिविधिहरु गरिरहेका छन्।’

बिहीबार जनकपुरधाममा दाहाल–नेपाल पक्षको प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै पोखरेलले संसद विघटन गर्नुपूर्व अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता वामदेवलाई बालुवाटारमा बोलाएर ओलीले आसेपासे लगाएर अपमान गरेको बताए।

उनले प्रधानमन्त्री ओलीले माधव नेपालका बारेमा समेत अनेकन भ्रमहरु फैलाइरेहेकाले त्यसलाई चिर्न जरुरी रहेको बताए।

उनले भने, ‘प्रधानमन्त्री ओलीले जाली फटाहा र झुठको खेती गरेर असंवैधानिक कदम चाल्दै संसद भंग गरेका हुन्। उनको प्रतिगमन दोश्रो चरणमा प्रवेश गरेकोले संविधान नै डेन्जर जोनमा रहेको छ। अहिलेको समयमा विभिन्न आन्दोलनकारी दलहरुसँग मिलेर संयुक्त आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको छ।’

यस्तै उक्त भेलामा सम्बोधन गर्दै पूर्वमन्त्री एवं स्थायी समिति सदस्य मातृकाप्रसाद यादवले ओलीले कम्युनिष्ट पार्टीको नाममा खल्तीबाट केन्द्रीय सदस्य र मन्त्री पद बार्गेनिङ स्वरुप वितरण गरेर भर्ना अभियान संचालन गरेको आरोप लगाए।

उनले भने, ‘ओलीले कम्युनिष्ट पार्टीको सिद्धान्त, मर्म र मार्क्सवादी नीतिलाई समेत अवलम्बन नै नगरीकन जथाभावी रुपमा शक्ति सञ्चयको नाममा पाल्तुहरु पालेर शक्तिशाली बन्न खोजिरहेका छ। मन्त्री पद वितरण भइरहेकाले केही साथीहरु दोधारमा रहेको र कहीँ मन्त्री बनाइदेलान् कि वा पैसा देलान् कि भन्ने कुराले अन्यौलमा छन्।’

नेकपा विभाजन पश्चात प्रचण्ड–नेपाल समूह बहुमतमा रहेकाले सूर्य छाप र नेकपा पार्टीको नाम आफूहरुले पाउनेमा उनले दावी गरे।

प्रदेश स्तयरीय बैठक तथा प्रशिक्षण कार्यक्रममा प्रदेश नम्बर २ का ८ वटै जिल्लाबाट प्रदेश समितिका नेतारु, प्रदेशसभा सदस्य, प्रतिनिधि सभा सदस्य, जिल्ला ईन्चार्ज, सेक्रेटरी समेतको सहभागिता रहेको केन्द्रीय सदस्य श्रीप्रसाद साहले जानकारी दिए।

प्रदेश २ का नेकपाका  ३२ जना प्रदेशसभा सदस्यमध्ये २० जना, ४ जना स्थायी समिति सदस्यमध्ये ३ र ६८ जना केन्द्रीय सदस्यमध्ये ४५ जना प्रचण्ड–नेपाल समूहमा देखिएका छन्।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’