दाङ – लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिको लागि प्रदेश १ र विभागीय टोली सशस्त्र प्रहरीको एपीएफबिच अहिले खेल जारी छ । टस जितेर प्रदेश १ ले ब्याटिङ्ग रोजेको छ ।
साबिक विजेता एपीएफले यसपालिको पनि उपाधि हात पार्ने होडमा छ । प्रदेश १ नयाँ विजेता बन्ने लक्ष्यका साथ मैदानमा छ । फाइनल खेलले दर्शक पाएको छ । पारिलो घाममा क्रिकेट खेलको मजा लिन दर्शक लमही क्रिकेट मैदानमा पुगेका छन् ।


भर्खरै
लोकप्रिय






































































































































































































