दाहाल–नेपाल समूहले बनायो सांगठनिक कार्य विभाजन गर्न माधव नेपालको संयोजकत्वमा कार्यदल

दाहाल–नेपाल समूहले बनायो सांगठनिक कार्य विभाजन गर्न माधव नेपालको संयोजकत्वमा कार्यदल
+
-

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले पार्टी भित्रको सांगठनिक कार्य विभाजन गर्न कार्यदल गठन गरेको छ।

आइतबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको हो। कार्यदलले प्रदेशका कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारीहरु, केन्द्रीय संगठनहरु, मोर्चा संगठनका पदाधिकारीहरु र सांगठनिक एकीकरणका बाँकी कामहरु सम्पन्न गर्ने अधिकार पाएको छ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले सांगठनिक काम गर्न अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदल बनेको र भोलि बस्ने बैठकले कार्यदललाई अन्तिम रुप दिने बताए।

बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनको रक्षाको लागि दृढतापूर्वक अघि बढ्न सबै नेता कार्यकर्तालाई अपिल गरेको पनि प्रवक्ता श्रेष्ठले बताए।

बैठकमा सरकारले प्रतिनिधिसभाको विघटन गरी चालेको असंवैधानिक कदमलाई असफल पार्ने विषयमा छलफल भएको पनि प्रवक्ता श्रेष्ठले बताए। बैठकले प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरुद्धमा भएका सबै पार्टीहरुसँग संयुक्त कार्यक्रम गर्न समन्वय गर्ने निर्णयसमेत गरेको छ।

स्थायी कमिटीको अर्को बैठक भोलि (सोमबार) दिउँसो १२ बजे बस्ने भएको छ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’