प्रनिधिसभा विघटन विरुद्धकाे आन्दोलनमा सक्रिय सहभागी हुन तरुण दलकाे निर्देशन

प्रनिधिसभा विघटन विरुद्धकाे आन्दोलनमा सक्रिय सहभागी हुन तरुण दलकाे निर्देशन
+
-

काठमाडौँ – प्रनिधिसभा विघटन विरुद्धका आन्दोलनमा सक्रिय रुपमा सहभागी हुन नेपाल दरुण दलले आवद्ध सम्पूर्ण जिल्ला समिति र सो अन्तर्गतका तहलाई निर्देशन दिएको छ ।

नेपाली कांग्रेसको युवा संगठन तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले जारी गरेकाे परिपत्रमा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनअसंवैधानिक र अलोकतान्त्रिक कदम रहेको र त्यसविरुद्धका आन्दोलनमा सक्रिय सहभागी हुन तथा गराउन आग्रह गरिएको छ।

प्रतिनिधिसभा विघटनसहित व्याप्त भ्रष्टाचार, कोभिड–१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्धमा नेपाली कांग्रेसले गर्ने विरोध कार्यक्रमलाई अझ प्रभावकारी र सशक्त बनाउनका लागि तरुण दलका जिल्ला समितिले जिल्ला पार्टीसँग समन्वय गरी त्यस जिल्ला समिति अन्तर्गतका सबै तह, तप्का र निकायका तरुणहरुलाई सक्रिय रुपले सहभागी गर्न–गराउन तरुण दल केन्द्रीय समितिले निर्देशन दिएको हो ।

कांग्रेसले आगामी पुस २५ गते शनिबार ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दैछ । यस्तै माघ ३ गते शनिबार देशैभरका ७५३ पालिकहरुमा विरोध गर्ने तयारी कांग्रेसको छ ।

यसैगरि माघ ८ गते बिहीबार देशैभरका ७५३ पालिकका ६ हजार ७४३ वडाहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने छ ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’