नियन्त्रणमा लिइएको घाइते चितुवा उपचारको तयारी गर्दागर्दै मर्‍यो

नियन्त्रणमा लिइएको घाइते चितुवा उपचारको तयारी गर्दागर्दै मर्‍यो
+
-

बागलुङ-जैमिनी नगरपालिका-१ कुश्मिसेराबाट आइतबार बेलुकी नियन्त्रणमा लिइएको चितुवा उपचारको तयारी गर्दागर्दै डिभिजन वन कार्यालय बागलुङमा गएराति मरेको छ।

‘सोमबार बागलुङ ल्याइएको चितुवालाई उपचारका लागि चितवन पठाउने तयारी थियो। गम्भीर घाइते अवस्थामा रहेकाले अवस्था हेरेर आज बिहान चितवन पठाउने तयारीमा थियौं तर रातिनै चितुवा मर्यो’, वन अधिकृत मुकुन्द्रप्रसाद अधिकारीले भने, ‘अव प्रक्रिया पूरा गरेर गाड्ने तयारीमा छौं।’ घाइते र बिरामीजस्तो देखिने उक्त चितुवा उपचारका लागि सौराहास्थित वन्यजन्तु अस्पताल पठाउने तयारी गरिएको थियो ।

बागलुङस्थित भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रमा वन्यजन्तुलाई बेहोसपार्ने औषधि नभएपछि सौराहा पठाउनुपर्ने अवस्था आएको थियो। औषधिकै अभावका कारण चितुवाले समयमा उपचार नपाउँदा मरेको बताइएको छ ।

‘वन्यजन्तु भएकाले सामान्य रुपमा उपचार सम्भव थिएन्, बेहोस नभएसम्म उपचार गर्न सकिंदैन’, वन अधिकृत अधिकारीले भने। आइतबार बिहानैदेखि दिनभरी जैमिनी नगरपालिका–१ को कान्लेमा चितुवाले स्थानीयवासीलाई त्रसिद बनाएको थियो।

स्थानीयवासीले खबर गरेपछि प्रहरी र सेना नियन्त्रणका लागि गएका थिए। आइतबार बेलुकी नियन्त्रणमा लिएर इलाका वन कार्यालयमा राखिएको उक्त चितुवा सोमबार डिभिजन वन कार्यालय बागलुङमा ल्याइएको थियो।

खोरमा पारिएको चितुवालाई जीपमा राखेर बागलुङ ल्याइएको हो । वन अधिकृत अधिकारीका अनुसार, उक्त चितुवा घाइते र बिरामी छ। झण्डै ४ वर्षभन्दा बढी उमेर भइसकेकाले यो चितुवा वयस्क भइसकेको थियो। यो चितुवा अर्को वयस्कसँग झगडा गरेर वा लडेर घाइते भएको जस्तो देखिएको हो।

उनका अनुसार २५ महिना पार गरेपछि चितुवा प्रजननका लागि योग्य हुन्छ । त्यसैले उक्त चितुवाले प्रजनन साथी खोज्ने क्रममा गाउँ आइपुगेको, दुई चितुवाबीच झगडा भएको हुनसक्ने अनुमान छ।

चितुवाले मानिसलाई आक्रमण नगरे पनि आइतबार बिहानैदेखि बस्तीमा घुमिरहेपछि नियन्त्रणको प्रयास भएको थियो। कुश्मिसेरा इलाका वन कार्यालयका रेन्जर पोष्टका सन्तोष पौडेलको उपस्थितिमा सेनाले आइतबार बेलुकी ती चितुवालाई नियन्त्रणमा लिएर राखेको थियो।

उक्त चितुवा समातेपछि पनि कुश्मिसेरावासीले अर्को समेत भेटिन सक्ने भन्दै खोजी गरेका छन्।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’