काठमाडौँ– विवेकशील पार्टीले संसद विघटनविरुद्ध माइतिघर मण्डलामा योग गर्दै विरोध प्रदर्शन गरेको छ। विवेकशीलले विगत १६ दिनदेखि अधिनायकवादविरुद्ध प्रदर्शन गर्दै आएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पद र शक्तिको दुरुपयोग गर्दै असंवैधानिक तवरवाट प्रतिनिधिसभा विघटन गरेको दिनदेखि विवेकशील पार्टीले विभिन्न सिर्जनात्मक तवरवाट माइतिघर मण्डलमा प्रदर्शन गर्दै आएको विवेकशील पार्टीले जनाएको छ।
प्रदर्शनमा सहभागीहरुले असंवैधानिक संसद विघटन खारेज गर, यो समय भ्याक्सिनको हो, ‘कू’मतिमा नलाग्नुहोस् प्रम ज्यू, अमर रहोस् लोकतन्त्र अन्त्य होस् लुटतन्त्र, नागरिकको साथ छ मात्र सर्वोच्चको आश छ लगायतका नारा लेखेका प्ले कार्ड बोकेका थिए।


भर्खरै
लोकप्रिय






































































































































































































