काठमाडौँ–भक्तपुरको भक्तपुर नगरपालिकामा सडक बत्ती जडान गर्नेक्रममा करेन्ट लागेर एक जना कामदारको मृत्यु भएको छ।
स्थानीय इतापाकोमा नगरपालिकाको टेण्डर पाएको टप्सन इनर्जीका दुई जना कामदार बत्ती जडान गर्नेक्रममा करेन्ट लागेर मंगलबार दिउँसो गम्भिर घाइते भएका थिए।
एकजना विजुलीको पोलमा टाँसिएको र अर्का जना सडकमा पछारिएको भक्तपुर प्रहरीले जनाएको छ।
दोलखाको मैलु्ङ–५ का २३ वर्षीय रामकुमार बुढाथोकीको मृत्यु भएको हो।
सिन्धुलीको कमलामाई–११ का २७ वर्षीय विक्रम मोक्तानको गम्भिर अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































