प्रचण्ड सुरुदेखि नै सत्ता प्राप्तिको षड्यन्त्रमा लागेका थिएः उपप्रधानमन्त्री पोखरेल

प्रचण्ड सुरुदेखि नै सत्ता प्राप्तिको षड्यन्त्रमा लागेका थिएः उपप्रधानमन्त्री पोखरेल
+
-

जनकपुरधाम– नेकपा ओली पक्षका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुरुदेखि नै सत्ता प्राप्तिको चलखेलमा लागेको आरोप लगाएका छन्। उनले ‘प्रचण्ड’ निर्वाचन भएको समयदेखि नै सत्ता कसरी कब्जामा गर्ने खेलमा लागेको आरोप लगाएका छन्।

मंगलबार जनकपुरधाममा नेकपाको ओली पक्षद्वारा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलामा बोल्दै उपप्रधानमन्त्री पोखरेलले प्रचण्ड ओलीसँग मिलेर निर्वाचन जितेपनि अन्य पार्टीसँग मिलेर सरकार बनाउने चलखेलमा लागेको आरोप लगाए।

‘निर्वाचनको समय सूर्यलाई चुनाव चिन्ह बनाउने सम्झौता भएको थियो तर २४ घण्टामै त्यस सम्झौताको विपरीत गए। निर्वाचनमा चुनाव चिन्हको कारण १० लाख मत बदर भयो,’ उनले अगाडि भने, ‘निर्वाचनपछि हामी सरकार बनाउनको लागि प्रचण्ड जीको पर्खाइमा थियौँ तर उनी अन्य पार्टीसँग मिलेर सरकार बनाउने चलखेलमा लागेका थिए।’

उनले नेपाली इतिहासमा कम्युनिष्ट आन्दोलनले फड्को मारेको बेलामा पार्टी एकता भएको तीन वर्ष नबित्दै आफ्नै अध्यक्षविरुद्ध पार्टी भित्रैबाट एकता विरोधी गतिविधि भएको गुनासो गरे।

उनले भने, ‘पार्टी एकताले स्वाभिमानपूर्वक खडा हुने सोच्यौँ, तर देश बाहिरका दुश्मनले मात्र नभएर पार्टी भित्रैका दुश्मन पार्टीविरुद्ध लागे।’

त्यस्तै सहरी विकास मन्त्री प्रभु साहले संसद विघटन आफै आत्मघाती रहेको बताए। उनले यस कदमबाट प्रधानमन्त्रीसहित कोही खुसी नरहेको दावी गरे।

त्यस्तै कार्यक्रममा पूर्वमन्त्री तथा स्थायी समिति सदस्य रघुवीर महासेठले जनकपुरधामको तत्कालिन नेकपा एमालेको पार्टी कार्यालय कब्जा गर्न खोज्नेमाथि जाइलाग्ने बताएका छन्।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’