नेकपा र नेकपाको सरकार दुवै असफल : महन्थ ठाकुर

नेकपा र नेकपाको सरकार दुवै असफल : महन्थ ठाकुर
+
-

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) असफल भएको बताएका छन्।

मंगलबार जसपा नेपालले गरेको सरकारको असंवैधानिक कदम र राजनीतिक संकट विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ठाकुरले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को ठूलो बहुमत हुँदाहुँदै पनि राजनीतिक स्थिरता दिन नसकेकोले नेकपा र नेकपाको सरकार नै असफल भएको बताए।

सत्ताधारीहरुले आफ्नो अधिकार सुरक्षित राख्नको निम्ति मात्रै कदम उठाउने गरेको भन्दै सरकारले अहिले चालेको असंवैधानिक कदम पनि आफूलाई सुरक्षित राख्न गरिएको उनको भनाइ छ।

कार्यक्रममा बोल्दै जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधि सभा विघटन गरेर संविधानलाई नै मरेतुल्य बनाइएको टिप्पणी गरे।

फेरिफेरि पनि सरकारले यस्ता स्वेच्छाचारी कदम चाल्ने हो कि भन्ने डर सिर्जना गरिदिएको उनको भनाइ छ। असंवैधानिक कदमका विरुद्ध राजनीतिक शक्तिको ध्रुविकरणको आवश्यकता रहेको उनले बताए। गैरसंवैधानिक हिसाबले चालेको कदमले संसदको विघटन हुन नसक्ने भन्दै उनले संसदको काम कारबाहीको जिम्मेवारी सभामुखको काँधमा रहेको बताए।

जनता समाजवादी पार्टी, नेपालले प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमका विरुद्ध विभिन्न विरोधका कार्यक्रमहरुको आयोजना गर्दै आएको छ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’