हङकङका झण्डै ५० जना प्रजातन्त्रवादी अभियन्ता तथा राजनीतिज्ञ पक्राउ परेका छन्।
चीनले विवादास्पद सुरक्षा कानून लागु गरेपछि पहिलो पटक यति ठूलो संख्यामा अभियन्ता तथा राजनीतिज्ञ पक्राउ परेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
स्वतन्त्र रुपमा प्राथमिक मतदान आयोजना गरिएपछि यो धरपकड भएको दाबी गरिएको छ। सुरक्षाकर्मीले बन्दी बनाइएका प्रजातन्त्रवादी अभियन्ता जोशुवा वाङ्गको घरमा पनि खानतलासी गरेका छन् ।
सुरक्षाकर्मीले पछिल्लो पटक भएका गतिविधिबारे औपचारिक रुपमा जानकारी दिन बाँकी छ।
हङकङमा गएको जुनमा लागु भएको नयाँ सुरक्षा कानून अन्तर्गत सुरक्षाकर्मीले अधिकारकर्मी तथा राजनीतिज्ञलाई पक्राउ गरेको डेमोक्र्याटिक पार्टीको फेसबुक पेजमा उल्लेख गरिएको छ ।
पक्राउ पर्नेमा डेमोक्र्याटिक पार्टी र सिभिक पार्टीका नेताहरु जेम्स तो, लामा चक तिङ्ग, लेस्टर शुमसहितका स्थापित विपक्षी अधिकारकर्मी तथा नेताहरु छन् ।


भर्खरै
लोकप्रिय






































































































































































































