यी हुन् नेकपा ओली पक्षमा खुलेका सुदूरपश्चिम प्रदेश सभाका ७ सांसद

यी हुन् नेकपा ओली पक्षमा खुलेका सुदूरपश्चिम प्रदेश सभाका ७ सांसद
+
-

धनगढी– नेकपा दुई समूहमा विभाजन भएसँगै सुदूरपश्चिम प्रदेश सभाका सांसद पनि प्रष्ट रुपमा विभाजित भएका छन्।

सुदूरपश्चिम प्रदेश सभामा रहेका ५३ जना प्रदेश सभा सदस्यमध्ये नेकपाका ३९ जना रहेका थिए। ति मध्ये बुधबारसम्म प्रधानमन्त्री ओली समूहमा ७ जना प्रदेश सभा सदस्य प्रष्ट खुलेका छन्।

नेकपाको प्रदेश सरकार रहेको सुदूरपश्चिम प्रदेशमा बुधबार सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएर ओली पक्षमा खुलेसँगै सो समूहमा सात जना पुगेका हुन्।

बोहरालाई केही दिनअघि ओली समूहको केन्द्रीय सदस्यमा नियुक्त गरिएको थियो। बोहराले पत्रकार सम्मेलनमा आफू ओली समूहमै रहेको घोषणासमेत गरेका छन्।

बोहरा २०७४ सालमा भएको निर्वाचनमा अछाम क्षेत्र नम्बर २ को प्रदेश ‘ख’बाट निर्वाचित भएका थिए।

केही दिनअघि सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिं बोहोरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका थिए।

सुरुमा ३ जना मात्र प्रदेश सभा सदस्य ओली समूहमा खुलेका भएपनि अहिले भने ७ जना खुलेरै लागेका छन्। पूर्व भौतिक पुर्वाधार मन्त्री पठानसिं बोहरा, नेपालु चौधरी र रतन थापा मात्र सुरुदेखि नै ओली समूहका हुन्।

अहिले यी तीन जनासँगै आजै राजीनामा गरेका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा, प्रदेश सभा सदस्य लिलाधर भट्ट, रतन थापा, महेशदत्त जोशी र ग्याल्बु बोहरा ओलीको पक्षमा खुलिसकेका छन्।

केही दिनयता ओली समूहमा रहेका संघीय मन्त्री लेखराज भट्ट, गणेश ठगुन्ना, गौरीशंकर चौधरी र प्रेम आले धनगढीमा सक्रियतापूर्वक प्रदेश सभा सदस्यहरुलाई आफ्नो पक्षमा पार्ने कसरतमा लागिरहेका छन्।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’