ओली पक्षको हुम्लामा गाउँपालिका स्तरीय कार्यकर्ता भेला

ओली पक्षको हुम्लामा गाउँपालिका स्तरीय कार्यकर्ता भेला
+
-

सिमकोट-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षको वृहत् कार्यकर्ता भेला हुम्लाका सातवटा स्थानीयमा आजबाट शुरुभएको छ।आज पहिलो दिन जिल्लाको दक्षिणी क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकास्तरको आमसभा सम्पन्न भएको छ।

आज ताँजाकोटको छप्रेलामा भएको सो कार्यक्रमलाई कर्णाली प्रदेशका अध्यक्ष तथा केन्द्रीय सदस्य गोरख बोगटीले सम्बोधन गरेका थिए। आम सभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश नेकपाका अध्यक्ष बोगटीले आफ्नो पक्ष आधिकारीक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भएको बताए।

पार्टी भित्रै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल विच विवाद हुँदा प्रधानमन्त्री ओली संकटमा परेपछि संसद विघटन गरेको बोगटीले बताए।पार्टी भित्र काम गर्न नदिएपछि संसद विघटन गर्नु बाहेक अन्य विकल्प नभएकाले संसद विघटन गरीएको बोगटीले बताए। आजैभएको कार्यक्रममा नागरीकको ठुलो संख्यामा उपस्थित रहेको बताइएको छ।

ताँजाकोट छप्रेलामा गरीएको आमसभा कार्यक्रममा कर्णाली प्रदेशका अध्यक्ष तथा केन्द्रिय सदस्य गोरख बोगटी, अदानचुली गाउँपालिका अध्यक्ष तथा केन्द्रिय सदस्य दल फडेरा, प्रदेश कमिटी सदस्य तथा दलित आयोग सदस्य मेल बहादुर पार्की, कार्यालय सचिब कमल बोहरा, गोविन्द शाही, लगायतका नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो।

यस्तै पुस २३ अदानचुली गाउँपालिका, २५ गते चंखेली गाउँपालिका र २७ गते सर्केगाड गाउँपालिकामा केन्द्रीय सदस्य बोगटी नेतृत्वको आएको टानेली आमसभा तथा कार्यकर्ता भेटघाट गर्ने भएको छ।

अदानचुनलीमा २३ गते हुने बृहत कार्यक्रमलाई सफल पार्नका लागि देउडा, हुड्के नाच, अन्य बाजा लगायतको सांस्कृतिक कार्यक्रमको आयोजना गरीएको बताइएको छ।प्रधानमन्त्री समेत रहेका नेकपा वली पक्षको हुम्ला जिल्लामा पहिलो कार्यक्रम जिल्लामा सञ्चालन भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?