टिपरले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु
+
-

कर्णाली– टिपरको ठक्करबाट सुर्खेतको छिन्चुमा एक महिलाको मृत्यु भएको छ। वीरेन्द्रनगरबाट नेपालगञ्ज जाँदै गरेको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको टिपरले ठक्कर दिँदा वीरेन्द्रनगर–११ की २३ वर्षीय ताराकुमारी आलेको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिपरले भे ७ प ५२०६ नम्बरको मोटरलाइकललाई छिञ्चु बजारको पेट्रोल पम्प अगाडि ठक्कर दिएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार मोटरसाइकल चालक शुभकालिका गाउँपालिका कालिकोटका २६ वर्षीय दुर्गा शाही गम्भिर घाइते भएका छन्। मोटरसाइकलको पछाडि बसेकी ताराकुमारीको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको  घर्तीले जानकारी दिए।

घाइते शाहीको उपचार भइरहेको छ भने टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’