जकपुरधाम– जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओली संविधानमाथि प्रहार गरेको बताए छन्। उनले ओली रक्तरञ्जित संविधानमाथि आक्रमण गरेको आरोप लगाए।
शनिबार जनकपुरधाम उद्योग वाणिज्य संघको ५४ औँ साधारणसभामा प्रमुख अतिथिको रुपमा आएका महतोले तत्कालिन एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी मिलेर मधेशी जनताको बलि दिएर तयार पारेको संविधानमाथि समेत आक्रमण गर्न प्रधानमन्त्री ओली पछाडि नपरेको बताए।
‘रक्तरञ्जित संविधानलााई टेकेर बनेको जनप्रतिनिधिहरुको सर्वोच्च संस्था प्रतिनिधिसभालाई प्रधानमन्त्री ओलीले आफ्नो कुर्सी खतरामा रहेको देखेर अकाल मृत्युको घोषणा गरेका छन्,’ महतोले भने।
प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई इंगित गर्दै उनले भने, ‘जनताको अधिकार खोस्न, प्रतिगमन गर्नबाट फुर्सद भए पो देशमा विकास निर्माणका कार्यहरु हुन्छ। ओलीजी रेल ल्याएको दावी गर्दै छन्, खोइ गुडेको? जनताको अधिकार खोस्नबाट फुर्सद भए पो रेल गुडाउनतर्फ ध्यान जान्छ।’

भर्खरै
लोकप्रिय






































































































































































































