जनकपुरधाम– संघीय गणतन्त्रसहितको हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग गर्दै जनकपुरधाममा प्रदर्शन गरिएको छ।
राष्ट्रिय एकता अभियानले शनिबार प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा प्रदर्शन गरेको हो।
जनकपुरधामको रेल्वे स्टेशनबाट निकालिएको र्यालीको कोण सभामा बोल्दै राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले विदेशी डलरको लालचमा नेपाललाई हिन्दु राष्ट्रबाट हटाई धर्म निरपेक्ष बनाइएको आरोप लगाए।
उनले आफूहरु संघीयता विरोधी नरहेको तर संघीयताको नाममा हिन्दु धर्म, सभ्यता, संस्कृति र पहिचानमाथिको प्रहार कुनैपनि हालतमा स्वीकार्य नहुने बताए।

भर्खरै
लोकप्रिय






































































































































































































