मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा महोत्तरीमा एकजनाको मृत्यु

मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा महोत्तरीमा एकजनाको मृत्यु
+
-

जनकपुरधाम– महोत्तरीमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा एकजनाको मृत्यु भएको छ।

महोत्तरीको मनराशिस्वा नगरपालिका वडा नं. १ स्थित मनरातर्फ आउँदै गरेको अनटेस्ट मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा मोटरसाइकलको पछाडि सवार एकजनाको मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

मृत्यु हुनेमा भारतको विहार राज्य जिल्ला सितामढी घर भइ बारामा बस्दै आएका २२ वर्षीय रबिन्द्र पासवान रहेका छन्। मोटरसाइकल अनियन्त्रित भएर लड्दा गम्भिर घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल जलेश्वर लैजाँदै गर्दै बाटोमै मृत्यु भएको प्रवक्ता विष्टले बताए।

मोटरसाइकल चलाउने भारतको विहार राज्य जिल्ला सितामढी घर भइ बारामा बस्दै आएका सरोज पासवान प्रहरीको नियन्त्रणमा रहेको महोत्तरी प्रहरीले जनाएको छ।

त्यस्तै महोत्तरीको सोनमा गाउँपालिका वडा नं. ३ रघुनाथपुरका २० वर्षीय राकेश सहनीको करेन्ट लागेको मृत्यु भएको छ। रघुनाथपुरमा रहेको शिव मन्दिरमा बत्ति जडान गर्ने क्रममा अचानक करेन्ट लाग्दा उपचारको लागी सम्सीतर्फ लैजाँदा बाटोमै मृत्यु भएको महोत्तरी प्रहरीलले जनाएको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’