लेखनाथ क्षेत्रीको उपन्यास ‘फुलाङ्गे’ बजारमा

लेखनाथ क्षेत्रीको उपन्यास ‘फुलाङ्गे’ बजारमा
+
-

काठमाडौँ– दार्जिलिङका युवा लेखक लेखनाथ क्षेत्रीको उपन्यास ‘फुलाङ्गे’ बजारमा आएको छ।

भारतको दार्जिलिङमा बसेर लेखन र अनुवादमा सक्रिय क्षेत्रीको यसअघि कविता संग्रह र सांग्रीला बुक्सद्वारा प्रकाशित रवीश कुमारको चर्चित पुस्तक ‘मुक्त आवाज’ नेपाली अनुवाद प्रकाशित छन्। ‘फुलाङ्गे’ उनको पहिलो आख्यान हो।

‘फुलाङ्गे’ सत्ता र शक्तिबीच दबाइएको सपनाको कथा भएको प्रकाशकको भनाइ छ।

पुस्तकबारे प्रकाशक सांग्रीला बुक्सले भनेको छ, ‘यसका चरित्रहरू सत्ताले निर्माण गरेका कठपुतलीहरु हुन्। दार्जिलिङलाई कठपुतली हुन कसले अभिशप्त पार्‍यो? यसको उत्तर लेखकले उपन्यासमा सरल पात्रका खतरनाक चरित्र वरिपरी खोज्ने प्रयास गरेका छन्। ऐतिहासिक संघर्षका भुइँप्वाल देखाउने यो आख्यान दार्जिलिङको संघर्षको दस्तावेजको साथै गोर्खाल्याण्ड आन्दोलनको समाजशास्त्रीय अध्ययन पनि हो।’

सांग्रीला बुक्स नेपाल र इन्डियाले संयुक्तरुपमा प्रकाशन गरेको उपन्यास ‘फुलाङ्गे’ भारतका नेपाली पाठकका लागि अर्को सातादेखि उपलब्ध हुनेछ। यस उपन्यासको नेपाली मूल्य रू ३३५ रहेको छ र भारतीय मूल्य २५० रहनेछ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’