पृथ्वीनारायण शाहको योगदानको रक्षाका लागि सरकार तयारः पर्यटनमन्त्री ढकाल

पृथ्वीनारायण शाहको योगदानको रक्षाका लागि सरकार तयारः पर्यटनमन्त्री ढकाल
+
-

काठमाडौँ– सरकारले पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरणको सन्दर्भसँग जोडेर पर्यटन पर्वद्धन गर्न विकास समिति गठन गर्ने भएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन आदेशमार्फत विकास समिति निर्माण गर्ने प्रक्रिया सुरु गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले बताए।

आइतबार राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७७ को अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीमा बोल्दै मन्त्री ढकालले विकास समिति गठन गर्ने प्रक्रिया सुरु भइसकेको बताए।

पृथ्वीनारायण शाहको एकीकरणको अभियान नुवाकोटबाट सुरु भएर विजय प्राप्ति भएको र देहवसान पनि नुवाकोटमै भएकोले चिम्टेश्वर लगायतका ठाउँलाई सांस्कृतिक, धार्मिक र पर्यटकीय हिसाबले संरक्षण गर्न गठन आदेशमार्फत विकास समिति गठन गर्ने प्रक्रिया सुरु भइसकेको मन्त्री ढकालले बताए।

सरकारले अग्रज र पुर्खाहरुले राष्ट्र निर्माणका निम्ति गरेको योगदानको सधैँ सम्मान गर्ने पनि मन्त्री ढकालले बताए। पृथ्वीनारायण शाहको राष्ट्र निर्माणको योगदानको रक्षाका लागि विभिन्न संघसंस्था, अभियान्ताहरुसँग मिलेर सहकार्य गर्न सरकार तयार रहेको पनि बताए।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’