
नयाँतन्त्रको मौका पारे बल्ल चाल पाइयो
आखिर तर कसले मारे बल्ल चाल पाइयो।।
हार जित भोट खानेको पहिले ठिकै थियो
भोट हाल्ने अहिले हारे बल्ल चाल पाइयो।।
अदुवासँग खोया बिर्के तान्दा मस्त हुन्थे
कसरी अहिले माछा तारे बल्ल चाल पाइयो।।
पाउना आउँछन् विदेशी फाले गुन्द्री वनमा
मेच टेबुल घरमा सारे बल्ल चाल पाइयो।।
टाइ कसेन सुटमा भने अनपढ भन्छन् अरे
भोटो कछाड किन फारे बल्ल चाल पाइयो।।
के के गर्छौँ हेर्लाउ भनि बाहुला माथि सारे
न खुइलाए न भुत्ला झारे बल्ल चाल पाइयो।।