
काठमाडौँ- नेपालको मानवअधिकार अवस्थाबराे संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषदमा बिहीबार छलफल भएको छ। छलफलमा नेपालको पछिल्लो पाँच वर्षको मानव अधिकारको अवस्थाबारे छलफल भएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ।
आयोगको स्वायत्तता र स्वतन्त्रता मानव अधिकारको पेरिस सिद्धान्तबमोजिम हुनुपर्नेलगायत आयोगले यसअघि नेपाल सरकारलाई सिफारिस गरेका सङ्क्रमणकालीन न्याय सम्बन्धी ऐनको संशोधन, रोम विधानको अनुमोदन, आप्रवासी कामदार सम्बन्धी महासन्धि र बलपूर्वक बेपत्ता पार्ने कार्य विरुद्धको महासन्धिहरूको अनुमोदन हुनुपर्ने जस्ता विषयहरूमा विश्व समुदायले चासो राखेको जनाइएको छ।
आयोगले आफ्ना सिफारिसहरु कार्यान्वयन गर्न सरकारको पुन ध्यानाकर्षण गराएको छ।