
काठमाडौँ-सिंगापुरको एक चिडियाखानामा पहिलोपटक कृत्रिम गर्भाधारणबाट सिंहको बच्चा (डमरु) जन्माइएको छ। उक्त डमरुको जन्मपश्चात त्यहाँको चिडिया खानामा खुसियाली छाएको छ।तर डमरु (सिम्बा)ले भनरे बुवा मुफासालाई देख्न पाउने छैन।
वृद्ध भइसकेको मुफासालाई क्रित्रिम गर्भाधान प्रक्रियामा सहभागी गराएपछि उसको मृत्यु भएको डेली मेलले उल्लेख गरेको छ।
सिम्बा मुफासाको एक्लो सन्तान हो। सँधै आक्रोशित रहने गरेका मुफासाले कहिल्यै पनि सहवासमा सक्रिय नभएका कारण बंश जोगाउन क्रित्रिम गर्भाधानको प्रकृया अपनाउनु परेको बताइएको छ।
चिडियाखानाका प्रवक्ताका अनुसार कृत्रिम तरिकाबाट गर्भधारणका लागि उसको वीर्य ‘इलेक्ट्रो इज्याकुलेशन’ विधिबाट सङ्कलन गरिएको थियो।
त्यसपछि आफ्ना जङ्गली दाजुभाइभन्दा ६ देखि १० वर्ष बढि बाँचिसकेको र कमजोर बनेको बूढो २० वर्षे सिंहलाई ‘मारिएको’ थियो।
वीर्य सङ्कलन गर्दा बेहोस बनाउने औषधी सुँघाएको बताइएको छ। चिडियाखानाका अनुसार मुफासाको अनुवंश अब सिम्बामा पुगेको छ। सिम्बा अहिले तीन महिनाको भएको छ भने उसले राम्रोसँग दूध खान थालिसकेको छ। त्यसले अफ्रिकी सिंहको सङ्ख्या चिडियाखाना जस्ता संस्थामा संरक्षण गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ।
संयुक्त राष्ट्र संघ- युएनको प्रकृति संरक्षणका लागि अन्तराष्ट्रिय संघ(आइयुसीएन)ले पनि यसको प्रजातिलाई दुर्लभ जनावरमा सूचीकृत गरेको छ।