
सिमकोट – हवाई मार्गबाट ढुवानी गरि ल्याइएका यातायातका साधन चन्न थालेपछि ट्राफिक प्रहरी दुर्घटना कम गर्न सचेतना अभियानमा जुटेको छ।
सडक दुर्घटना न्यूनिकरण गर्नका लागि जनचेतना कार्यक्रम संचालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक लोक बहादुर चन्दले सर्वसाधारणले यातायात सञ्चालन बारे जानकारी पाउन् भन्ने उदेश्यले कार्यालयद्वारा यो कार्यक्रम सञ्चालन गरिएको बताए ।