इजिप्टमा भेटियो सबैभन्दा पुरानो बियर फैक्ट्री

इजिप्टमा भेटियो सबैभन्दा पुरानो बियर फैक्ट्री
+
-

इजिप्टमा संसारको सबैभन्दा पुरानो बियर फैक्ट्री भेटिएको छ। अमेरिका तथा मिस्रका पुरातत्वविदले भेट्टाएको यस बियर फैक्ट्रीलाई पृथ्वीको सबैभन्दा पुरानो फैक्ट्री मानिएको छ।

पुरातत्वविदका अनुसार यो प्राचीन मिस्रको सबैभन्दा प्रमुख पुरातात्विक स्थलमा गनिने सबैभन्दा पुरानो संरचना हुनसक्छ।

इजिप्टका प्राचीन वस्तुको सर्वोच्च परिषद्का महासचिव मुस्तफा वजीरी भन्छन्-यो बियर फैक्ट्री नील नदीको पश्चिमी किनारस्थित प्राचीन चिहानघारी रहेको ठाउँ एबिडोसमा पाइएको छ। यो स्थान दक्षिणी काहिराबाट ४५० किमी पर रहेको छ।

वजीरी भन्छन्- यो फैक्ट्री इजिप्शियन राजा नारमेरको क्षेत्रमा भेटिएको हो। राजा नारमेरलाई नै ९३१५० ईसापुर्व देखि २६१३ ईसापुर्व ० प्राचीन मिस्रको एकीकरणको पिता मानिन्छ।

वजीरीका अनुसार पुरातत्वविदले यस ठाउँमा आठवटा विभिन्न इकाई भेटेका छन्। प्रत्येक इकाई २० मीटर लामो र अढ़ाई मीटर चौड़ा रहेको छ। यहाँ माटोले बनेका विभिन्न आकारका ४० वटा भाँडाकुँडा पनि फेला परेका छन। उनका अनुसार यी भांडाको प्रयोग बियर उत्पादन लागि अनाज र पानीको मिश्रण तताउने कार्यका लागि गरिन्थ्यो होला।

यस संयुक्त अभियानको सह अध्यक्षता न्यूयाेर्क विश्वविद्यालयका फाइन आट्र्स संस्थानका डाक्टर मैथ्यू एडम्स र प्रिंसटन विश्वविद्यालयका सह प्राध्यापक डेबोरा विसचाकले गरेका थिए।

एडम्स भन्छन्-त्यस बेलाका शाही भोजभतेरका लागि यस क्षेत्रमा बियरको यो फैक्ट्री स्थापित गरिएको हुनुपर्छ। उनका अनुसार पुरातत्वविदहरुले प्राचीन मिस्रमा बलिप्रथाका दौरान बियरको प्रयोग हुने साक्ष्य पनि भेटेका छन्।

मिस्रको प्राचीन वस्तुसंग सम्बंधित मंत्रालयका अनुसार बेलायतका पुरातत्वविदले सन १९०० तिर नै यस फैक्ट्रीका बारेमा उल्लेख गरेको पाइन्छ,तर त्यसबेला यस फैक्ट्रीको उत्खनन हुन सकेन। यस दावीको १२० वर्ष पछि आएर बेलायती पुरातत्वविदले भनेको कुरा साँचो प्रमाणित भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?