रोवरले ‘ल्याण्ड’ गरेपछि खिचिएको मंगल ग्रहको पहिलो तस्बिर

रोवरले ‘ल्याण्ड’ गरेपछि खिचिएको मंगल ग्रहको पहिलो तस्बिर
+
-

शुक्रबार राति नेपाली समयअनुसार २ बजेर ४० मिनेटमा मंगल ग्रहमा अवतरण भएको ‘रोवर मार्स पर्सिवरेन्स’ले काम शुरू गरेको छ।

यस क्रममा रोवरले मंगलग्रहको तस्बिर खिचेर पृथ्वीस्थित नासाको नियन्त्रण कक्षलाई पठाएको छ।

प्राप्त हुनासाथ नासाले मंगलबाट आएको उक्त तस्बिर सार्वजनिक गरेको छ।

नासाले आफ्नो आधिकारिक ट्विटर ह्याण्डालबाट यो तस्बिर सार्वजनिक गरेको हो।

यो अमेरिकन रोवर सात महिने यात्रा पछि फेब्रुअरी १९ को राति मंगल ग्रहमा ओर्लिएको हो। नासाको यस मंगल रोवर पर्सिवरेन्सले मंगल अवतरणका क्रममा पनि तस्बिर खिचेर पठाएको थियो।

ल्याण्ड गरेको केही समय पछि यसले पुनः मंगलग्रहको तस्बिर खिचेर पृथ्वीमा पठाएको हो।

कोरोना महामारीले अमेरिकी मंगल अभियान र अवतरण गर्ने कार्यलाई झनै चुनौतीपूर्ण बनाई दिएको थियो।

नासाको यस रोवरले मंगलमा विगतमा जीवन भए नभएको खोज गर्नेछ।

यसले त्यहाँको ढुङ्गा, बालुवा, माटोमा माइक्रोब्याक्टेरियल जीवाश्मको खोजी गर्नेछ।

यो पनि पढ्नुहोस्

रातो ग्रहमा पृथ्वीको कीर्तिमानी स्पर्श

रातो ग्रहमा पृथ्वीको कीर्तिमानी स्पर्श

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?