मंगल ग्रहका रंगीन तस्बिरहरु 

मंगल ग्रहका रंगीन तस्बिरहरु 
+
-

अमेरिकी अन्तरिक्ष एजेंसी नासाको मंगल ग्रहमा भर्खरै पुगेको यन्त्रमानव ‘पर्सिवरेन्स मार्स रोवर’ले ट्वीट मार्फ़त आफू आई पुगेको नयाँ ठाउँमा आफू रमाई रहेको जानकारी पोस्ट गरेको  छ।

रोवरले यही फेब्रुअरी महिनामा सोसल मीडिया ट्वीटरमा प्रवेश गरेको थियो। अहिले यसका २० लाख फलोवरस  भइसकेका छन।

‘करेंट लोकेसन’ जेजेरो क्रेटर उल्लेखित रहेको यसको अकाउंटमा हॉबीमा फोटोग्राफी, कलेक्टिंग  रक्स, अफ रोडिंग .लेखिएको छ। यसले दिनमा कैयन पटक आफुबारे, आफ्ना गतिविधिबारे ‘स्टेटस  पोस्ट’ गर्छ।

३० जुलाईसम्म यो रोवर पृथ्वीमा  थियो तर ३० जुलाईमै यसका निर्माताहरुले यसलाई करोडो किमी टाढा मंगल ग्रहतिर पठाई दिए। झण्डै २०३ दिनको यात्रा गरेर यो आफ्नो नयाँ  ‘डेस्टिनेशन’ मंगल ग्रहको जेजेरो क्रेटरमा  गएको १९ फेब्रुअरीका दिन ओर्लेको थियो।

‘ओर्लिदा ओर्लिदै यसले मंगल ग्रहको तस्वीर पठाएको थियो आफ्नो पहिलाको घर अमेरिकाको क्यालिफ़ोर्निया स्थित नासाको ‘जेट प्रपोल्सन लेबोरेट्री’मा।’

यसले पृथ्वीमा सूचना पठाएको छ – ‘म अहिले आफूसँग रहेको हेलिकोप्टर चार्ज गरीरहेको छु,चार्ज हुनसाथ म हेलीकप्टर उडाउँछु।’ यसै बीच यस रोवरले मंगल ग्रहको रंगीन तस्बिर खिचेर उपहारस्वरुप पृथ्वीमा पठाएको छ। रोवरसँग २३ वटा विभिन्न किसिमका अत्याधुनिक क्यामेरा  रहेका छन। यी क्यामेराबाट फोटो खिचेर यसले ‘जेट प्रपोल्सन लेबोरेट्री’लाई पठाउने काम गरी रहन्छ।

रोवरमा रहेको ‘आर्टिफिसियल इंटेलिजेंस’ (कृतिम बौद्धिकता ) ले पहिला ती फोटो आफै हेर्छ, ती फोटोको विश्लेषण गर्छ ,अनुसन्धान गर्छ।  खिचियेका फोटोमा केही विचित्रको कुरा देखियो भने यसको मस्तिष्कले (कृतिम बौद्धिकताले ) आफ्नो हात (रोबोटिक आर्म ) लाई त्यस फोटोमा रहेको सामाग्रीबाट ‘स्यामपल कलेक्ट’ गरी राख्ने निर्देश दिन्छ। यस ‘पर्सिवरेन्स रोवर’ले यसरी ‘स्यामपल’ एकत्र गरी रहन्छ।  एकत्र गरिएका यी ‘स्यामपल’ २०२५ सम्ममा पृथ्वीमा ल्याइने योजना छ।

रोवरले पठाएको रंगीन तस्वीरमा मंगल ग्रहको जेजेरो क्रेटरको सतह देखिन्छ। रोवरले यो फोटो आफुसंग रहेको हैजर्ड (hazard  ) क्यामेरा बाट लिएको हो। रोवरमा दुइवटा माइक्रोफोन पनि जडान गरिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?