इमानका प्रतिक, सेवामा समर्पित थिए डा. शंकर उप्रेती

इमानका प्रतिक, सेवामा समर्पित थिए डा. शंकर उप्रेती
+
-

झापा – एउटा यस्तो बेला थियो डा. शंकर उप्रेती नभइ सुत्केरी महिलाले प्रसूति गराउन मान्दैनथिए।

डा. उप्रेतीप्रति महिलाहरूको पूर्ण भरोसा थियो। उनी कहाँ पुग्दा प्रसूति व्यथाले मरिँदैन भन्ने विश्वासका कारण धेरै सुत्केरी महिलाहरूको भीड लाग्ने गर्थ्यो।

जीवनको उत्तरार्धसम्म उनले चिकित्सा सेवा गरे। त्यस्मा पनि उनको सेवाको रोजाइ गाउँ थियो। झापाको पूर्वोत्तर क्षेत्रका सर्वसाधारणका लागि उनी वरदानका रुपमा थिए। चिकित्सा सेवाका भरोसाका रुपमा परिचित थिए।

त्यसैले झापाबासी भन्छन्, ‘इमानका प्रतिक सेवामा समर्पित डाक्टरको निधनमा हामी दुःखी छौं।’

डा. उप्रेतीको शनिबार राति ११ बजे काठमाडौँमा निधन भएको हो। उनी छोरा डा. सञ्जीव उप्रेतीसँग रहँदै आएका थिए।

झापामा चिकित्सा सेवाको शुरुवाती कालमा उनको क्लिनिकमा एक्सरे मेसिनसमेत थिएन। छामछुम गर्दै भए पनि भाँचिएका हातमा प्लास्टर गरिदिन्थे।

डा. उप्रेतीले हुनेसँग फी लिन्थे तर नहुनेलाई सित्तैमा उपचार गरिदिन्थे।

पैसा नभएकाहरू सुत्केरी गराउन आउँदा फी नलिइ ‘सुत्केरीलाई भाले काटेर खुवाउनु’ भनेर पठाइदिन्थे। डा. उप्रेतीले २०१८ सालमा एमबीबीएस गरेका हुन्।

उनले आफ्नो क्लिनिकमा कहिल्यै ताल्चा लगाएनन्। बिरामीकाे जतिखेर पनि स्वागत गरे। रातदिन नभनी विरामीको सेवामा खटिए।

बीपी कोइरालाको आदर्श बाकेका डा. शंकरले नेपाली कांग्रेस झापाको जिल्ला सदस्य र महासमिति सदस्य भएर काम गरे। ०४८ सालमा प्रतिनिधिसभाको टिकट दिँदा लिन मानेनन्।

दुई वर्षपछि कांग्रेसले पूर्वाञ्चल विकास क्षेत्रबाट राष्ट्रियसभाका उम्मेदवार बनायो र निर्विरोध पनि भए। तर संसद नचल्दा झापामै आएर विरामीको सेवा गरे।

साहित्यकार कृष्ण धरावासी भन्छन्, ‘जुन तरिकाले उहाँले जनताको सेवा गर्नुभो त्यो सबैले अनुशरण गर्न जरुरी छ। त्यस्तो सेवा भाव बोकेको मान्छे संसारमा कमै पाइएला।’

उनको ८६ वर्षको उमेरमा निधन भएको हो।

 

 

यो पनि पढ्नुहोस्

झापाका पुराना चिकित्सक डा. शंकर उप्रेतीको निधन

झापाका पुराना चिकित्सक डा. शंकर उप्रेतीको निधन

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष