महाकालीमा जलयात्रा सुरु

महाकालीमा जलयात्रा सुरु
+
-

धनगढी – महाकाली नदीमा साहसिक जलयात्रा र्‍याफ्टिङ सुरु भएको छ। कञ्चनपुरकाे मदत्त नगरपालिका वडा नम्वर–१२ मा पर्ने निर्माणाधीन महाकाली चारलेन पुलबाट झुलुङ्गे पुलसम्म र्‍याफ्टिङ सेवा सुरु भएको हो।

महाकाली र्‍याफ्टिङ एण्ड रिर्सोट प्रालिले पर्यापर्यटनलाई लक्षित गरि शाहसिक जलयात्रा सुरु गरेको कम्पनीका सञ्चालक करन सिंह पालले जानकारी दिए।

उनका अनुसार महाकाली नदीको ३ दशमलव ५ किलोमिटर दूरीमा सेवा सञ्चालन गरिएको छ। स्थानीय युवा गजेन्द्र चन्द, करन सिंह पाल र सञ्जय कुमार भट्टले महाकालीमा पहिलो पटक व्यवसायिक र्‍याफ्टिङ सेवा सुरु गरेका हुन्।

‘सुदूरपश्चिममा थुप्रै पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो’ सञ्चालक पालले भने, ‘नयाँ पर्यटकीय गन्तव्यको विकास गर्दै आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरि स्थानीय स्तरमा रोजगारीका अवसर सृजना गर्ने उद्देश्यका साथ र्‍याफ्टिङ सञ्चालनमा ल्याएका छौँ ।’

कम्पनीले र्‍याफ्टिङका लागि महेन्द्रनगर बजारबाट गाडी समेत व्यवस्था गरेको छ । चाँडै नै रिर्सोट समेत सञ्चालनमा ल्याउने तयारी गरेको सञ्चालक पालले बताए। महाकालीमा घुम्न आउने पर्यटकहरुलाई लक्षीत गरि आवाससहित रिर्सोट सञ्चालन गरिन लागेको संचालकले बताएका छन्।

रिर्सोटका लागि जग्गा भाडा लिएर संरचना निर्माणको तयारी भइरहेको उनीहरुको भनाइ छ। महाकालीन निर्माण भइरहेको चारलेनको पुल र एशियाकै दोस्रो लामो झुलङ्गे पुल घुम्न आउने पर्यटकका लागि र्‍याफ्टिङ आर्कषणको केन्द्र बन्ने सम्भावना रहेको छ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जङ्ग बहादुर मल्ले र्‍याफ्टिङ सञ्चालनले यस क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । र्‍याफ्टिङलाई एडभचरीयर गेमको रुपमा लिने गरिएको बताउँदै अध्यक्ष मल्लले भने, ‘महाकाली घुम्न आउने पर्यटकका लागि नयाँ गन्तब्य थपिएको छ, यसले यस क्षेत्रको पर्यटन पवर्द्धनमा सहयोग पुग्ने देखिन्छ ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?