बालाजु बाइपास सडकको विरोध गर्दा पक्राउ पर्नेलाई रिहा गर्न सर्वोच्चको आदेश

बालाजु बाइपास सडकको विरोध गर्दा पक्राउ पर्नेलाई रिहा गर्न सर्वोच्चको आदेश
+
-

काठमाडौँ- बालाजु बाइपास सडकको विरोध गर्दा पक्राउ पर्ने सडक विस्तार पीडित तथा अभियन्ताहरूलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ।

काठमाडौं महानगरपालिका-१६ बाट पक्राउ परेका आठ जनालाई सर्वोच्च अदालतले मंगलबार रिहा गर्न आदेश दिएको अभियन्ताका अधिवक्ता जितेन्द्र बज्राचार्यले बताए।

उनका अनुसार न्यायाधीश प्रकाशमान सिंह राउत र दीपककुमार कार्कीको इजलासले उनीहरूलाई छाड्न आदेश दिएको हो।

गैरकानुनी रूपमा थुनिएकाहरुको अहिले कागजी प्रक्रिया भइरहेको उनले बताए।

महानगरीय प्रहरी वृत्त, बालाजुले गत बुधबार काठमाडौं महानगरपालिकाले बाइपास सडकमा बनाउन लागेको सूचना केन्द्रका बारहरू भत्काएको भन्दै ६ जना स्थानीयलाई पक्राउ गरेको थियो।

सुरूमा प्रहरीले मीनबहादुर शाही, महेश्वर मानन्धर, सञ्जय तामाङ, दिपेन श्रेष्ठ, भीमदेव श्रेष्ठ र रूचित श्रेष्ठलाई पक्राउ गरी लगेको थियो। त्यस्तै उनीहरूलाई पक्राउ गरेपछि काठमाडौं उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमि र विरोचन श्रेष्ठ प्रहरी कार्यालयमा पुगेका थिए।

त्यही क्रममा उनीहरूले पक्राउ पर्नेहरूसँग नेपाल भाषामा संवाद गरेका थिए। प्रहरीले नेपाल भाषामा बोल्न रोकेपछि विवाद भएको थियो। त्यसैक्रममा अभियन्ता दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?