
काठमाडाैँ – विश्वभर साेमबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा दैलेखकी एक महिलाले आफ्ना चार सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छन्।
जिल्लाको आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन्।
नदीमा हाम फालेका पाँचजना मध्ये दुईजना (छाेरी) को शव अछाममा फेला परेको छ।
१४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कर्णाली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा बेरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएकाे छ।
आमा सुकीसहित १० वर्षीय छाेरा ललित र पाँच वर्षीया छाेरी रजनीको खाेजी भइरहेकाे प्रहरीले जनाएको छ।
बेपत्ता रहेकी सुकीका श्रीमान मानसिंह बडुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनले बिहान खाना खाएर आफू बाख्रा चराउन गएकाेले घटनाका बारेमा केही थाहा नपाएकाे बयान दिएकाे जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएकाे छ।