
जनकपुर – महाशिवरात्रिको अवसरमा जनकपुरधामको शिवालयहरुमा बिहीबार बिहानैदेखि श्रद्धालु भक्तजनको भिड लागेको छ । धार्मिक नगरी जनकपुरधाममा रहेको विभिन्न शिवालयहरुमा भक्तजन बिहानैदेखि लाइनमा लागेका छन् ।
जनकपुरधामको प्रसिद्ध भुतनाथ, शिवचौकमा रहेका शिव मन्दिर, कपिलेश्वर महादेव, कुपेश्वर महादेवको शिवलिंगमा पुजा गर्नको लागि जनकपुरधाम र यसको छेउछाउका श्रद्धालुभक्तजनहरु पूजाआजा गर्न आएका छन् ।
हिन्दु धर्मावलम्बीहरुको प्रमुख पर्वमध्ये महाशिवरात्रि पनि एक हो । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामको चार प्रमुख रात्रिमध्ये एक महत्वपूर्ण रात्रि शिवरात्रि हो । फागुन कृष्ण चतुर्दशीको दिन मनाइने यस यस पर्वलाई भगवान शिवका भक्तहरु विशिष्ट दिनको रुपमा लिइने गर्छन् ।