माओवादी केन्द्र र जसपाबिचको सत्ता समीकरण सम्बन्धी वार्ता निष्कर्ष बिहीन

माओवादी केन्द्र र जसपाबिचको सत्ता समीकरण सम्बन्धी वार्ता निष्कर्ष बिहीन
+
-

काठमाडौँ – सत्ता समीकरणबारे नेकपा माओवादी केन्द्र र जनता समावादी पार्टी (जसपा) का नेताबिच छलफल भएको छ ।

माओवादी केन्द्रको पार्टी कार्यालयमा दुई पार्टीका शीर्ष नेताबिच शनिबार छलफल भए पनि ठोस निर्णय भने केही भएको छैन ।

माओवादी केन्द्रसँगको छलफल सकारात्मक रहे पनि टुंगोमा भने नपुगिएको जसपाका नेताहरुले बताएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेता नारायणकाजी श्रेष्ठ प्रकाशसँग जसपाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, डा. बाबुराम भट्टराई, उपेन्द्र यादवसहित छलफलमा सहभागी थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको वर्तमान सरकारको विकल्पमा समीकरण बनाउने प्रयासमा माओवादी केन्द्र लागेको हो । त्यसकै लागि जसपासँग वार्ता गरेको हो ।

जसपाका नेता ठाकुरले छलफल राम्रै भएको तर निष्कर्षमा भने पुगिनसकेको बताएका छन् । आफूहरुले सबैतिर कुरा गरिरहेको र त्यसकै निरन्तरता नै माओवादी केन्द्रसँगको वार्ता रहेको उनले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?