एमाले संसदीय दलको बैठक आज, नेपाल पक्ष नजाने

एमाले संसदीय दलको बैठक आज, नेपाल पक्ष नजाने
+
-

काठमाडौँ – नेकपा एमालेको संसदीय दलको बैठक बिहीबार बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठक बिहान ११ बजेपछि बालुवाटारमा बस्ने छ ।

तर प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीले बोलाएको पार्टीको संसदीय दलको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहभागी नहुने जनाएको छ ।

बुधबारदेखि सुरु भएको नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा नेता सुरेन्द्र पाण्डेले ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी नहुने जानकारी गराएका थिए ।

गत फागुन २८ गते गरेको निर्णय फिर्ता नभएसम्म ओलीले बोलाएको कुनै पनि बैठकमा सहभागी नहुने नेता पाण्डेले बताए ।

यसैबिच नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला बिहीबार पनि हुँदैछ । भेलामा नेता माधवकुमार नेपालले बुधबार कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्रमा सामूहिक छलफल भइरहेको छ । भेला बिहीबार नै सकिने छ ।

नेकपा एमाले माधव कुमार नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलामा नेताहरु। तस्बिरः बर्षा शाह/देश सञ्चार।

यो पनि पढ्नुहोस्

नेपाल पक्षका ४० सांसदलाई कारबाही गर्ने तयारी हुँदा एमाले संसदीय दलको विधान नै छैन

नेपाल पक्षका ४० सांसदलाई कारबाही गर्ने तयारी हुँदा एमाले संसदीय दलको विधान नै छैन

नेपाल पक्षको कार्यकर्ता भेलामा अवधारणा पत्रहरुमाथि छलफल

नेपाल पक्षको कार्यकर्ता भेलामा अवधारणा पत्रहरुमाथि छलफल

ओलीलाई कारवाही गर्ने भनेर एमाले फर्किएको नेपाल पक्ष आफै संकटमा

ओलीलाई कारवाही गर्ने भनेर एमाले फर्किएको नेपाल पक्ष आफै संकटमा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?