
काठमाडौँ – नेकपा एमालेका नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहमा रहेका सांसदहरु अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा नजाने भएका छन् ।
बिहीबार बिहान ललितपुरको एक पार्टी प्यालेसमा छलफलपछि बालुवाटारकै बैठकमा जाने निष्कर्षमा पुगेको भए पनि नेताहरुबाट विरोध भएपछि फेरि नजाने निर्णय गरेका हुन् ।
स्थायी कमिटि सदस्य बाहेकका नेताहरु बालुवाटार बैठकमा जाने निर्णय भएपछि नेपाल पक्षका झपड रावलसहितका नेताहरुले विरोध गरेका थिए ।
बालुवाटार बैठकमा जाने निर्णय आत्मघाती रहेको भन्दै विरोध भएपछि पुनः नेपाल पक्षले नजाने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा एमाले संसदीय दलको बैठक बालुवाटारमा बस्ने लागेको हो ।