गुटको बैठक गर्नेलाई कारबाही गर्ने भन्दै टुंगियो एमाले संसदीय दलको बैठक

गुटको बैठक गर्नेलाई कारबाही गर्ने भन्दै टुंगियो एमाले संसदीय दलको बैठक
+
-

काठमाडौँ – गुटगत भेलामा सहभागी हुने नेताहरुलाई कारवाहीको प्रक्रिया अघि बढाउने तथा संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन गर्दै नेकपा एमालेको बैठक टुंगिएको छ ।

पार्टी अध्यक्ष समेत रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बिहीबार एमाले संसदीय दलको बैठक बालुवाटारमा बसेको हो ।

सो बैठकले संसदीय दलको बोर्ड गठन गर्ने निर्णय पनि गरेको छ । सो बोर्ड २७ सदस्यीय हुने छ । अहिले २४ सदस्य रहेकाे बाेर्डमा तीनजना पछि थपिने छन् ।

विधान संशोधन समितिमा विशाल भट्टराई, शेरबहादुर तमाङ्ग र बिमला राई रहने निर्णय गरि आउँदो शनिबार (चैत ७ गते) पुनः बस्ने गरि बैठक सकिएको सांसद कृष्ण राईले बताए ।

संसदीय दलको बैठकले गरेका निर्णयबारे जानकारी दिँदै नेता शेरबहादुर तामाङ्ग । तस्बिर : बर्षा शाह/देश सञ्चार

यस्तै बैठकले गुटगत भेला नगर्न, पार्टी बाहेक अरु कसैको निर्देशन नमान्न र आत्माआलोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन नेताहरुलाई अव्हान गर्ने निर्णय पनि गरेको छ । अन्यथा विधान अनुसार स्पष्टिकरण सोधिने र कारवाही प्रक्रिया अगाडि बडाउने निर्णय पनि बैठकले गरेको छ ।

बालुवाटार बैठकमा नेता माधवकुमार नेपाल पक्षका अधिकांश सांसदहरु सहभागी भएनन् ।

ललितपुरको सानेपामा रहेको एक होटलमा बिहीबार बिहान छलफल गरेर पहिले बालुवाटार बैठकमा जाने निर्णय गरेका उनीहरुले आन्तरिक विरोधपछि पुनः नजाने निष्कर्षमा पुगेका थिए ।

तर ओलीको बोलाएको संसदीय दलको बैठकमा लालबाबु पण्डित, बामदेव गौतमकी पत्नी तुल्सा थापा सहभागी भए ।

यस्तै नन्दा चपाईँ, गंगा चौधरी, माया ज्ञावाली, सबिना हुसैन, गोपाल बम र बिष्णु शर्मा लगायत विगतमा माधव नेपालले आफ्नो पक्षमा दाबी गरेका सांसदहरु पनि बालुवाटार बैठकमा सामेल भए ।

यो पनि पढ्नुहोस्

बालुवाटार बैठकको निर्णयः संसदीय दलको विधान संशोधनका लागि कार्यदल, गुटगत भेला गर्नेलाई कारवाहीको चेतावनी

बालुवाटार बैठकको निर्णयः संसदीय दलको विधान संशोधनका लागि कार्यदल, गुटगत भेला गर्नेलाई कारवाहीको चेतावनी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?