व्यंग्य गजल

चोट घरि घरि

चोट घरि घरि
+
-

माग्न आउँछन् आगनमा भोट घरि घरि।।
बिटा बनाइ कुम्ल्याउन नोट घरि घरि।।

छिर्के हाल्दै पछारेर दौडिए आफू किन
भिर्नलाई दौरा सरुवाल कोट घरि घरि।।

धीत मारे रस चुसि मिठा फलका खुबै
निमोठ्दै चुँडी फाले बोट घरि घरि।।

दाग छोप्न तालुको छड्के टोपी लाउने
जति छोप टल्किन्छ खोट घरि घरि।।

बिर्ता बपौती तुल्याउछन् दपोट गरि गरि
केरमेट गरि  फाले मोठ घरि घरि।।

खाए होलान् कति मिठा डाडु पन्यौ हुँदा
सपनामै चाट्न थाले ओठ घरि घरि।।

इमान्दार छानौँ भन्दा झुक्काइ हाल्ने फेरि
पटके हुन्छन् आखिर छनौट घरि घरि।।

खुइलियो काँध सबै बोकि बोकि तिन्लाइ
त्यहि काँधले पाउँछ चोट घरि घरि।।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?