भक्तपुरको बिस्केट जात्रामा यस वर्ष पनि रथ तान्न नपाइने

भक्तपुरको बिस्केट जात्रामा यस वर्ष पनि रथ तान्न नपाइने
+
-

काठमाडौँ – भक्तपुरको प्रशिद्ध बिस्केट जात्रा अन्तर्गत रथ तान्न नपाइने गरि प्रशासनले रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालयले आइतबारको बैठकबाट यो वर्ष पनि बिस्केट जात्रा अन्तर्गत रथमा नियमित पूजा मात्रै गर्न पाइने निर्णय गरेको हो ।

भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले भने, ‘रथमा पूजा गर्न पाइन्छ त्यो पनि कोरोना भाइरसको संक्रमण नहुनका लागि अपनाउनु पर्ने सावधानीसहित। तर जात्राको लिंगो उडाउन र रथ तान्न भने पाइने छैन।’

कोरोना भाइरसको महामारीका कारण गएको वर्ष पनि बिस्केट जात्रा रोकिएको थियो। यो वर्षको जात्राका लागि अहिले प्यागोडा शैलीको तीन तले भैरवको रथ निर्माणको काम जारी छ। यही बेला प्रशासनले लिंगो उठाउन र रथ तान्न नपाउने गरि रोक लगाएको हो ।

‘लिंगो उठाउँदा तथा रथ तान्ने क्रममा भिडभाड हुने र त्यसले संक्रमणको जोखिम बढाउने भएकाले रोक लगाउने निर्णय भएको हो’ सूचना अधिकारी समेत रहेका केशरीले बताए ।

जात्राबारे अन्तिम निर्णयका लागि सोमबार गुठी संस्थानसँग कुराकानी हुने प्रमुख जिल्ला अधिकारी प्रमेप्रसाद भट्टराईले बताएका छन्। स्थानीय सरोकारवालासँग पनि परामर्श गरिने उनले बताए।

८ दिन ९ रातसम्म चल्ने बिस्केट जात्रा यहि चैत २८ गतेदेखि सुरु हुँदैछ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?