मेलम्चीको पानी सडकमा, ‘धान्न नसक्ने’ गरि बढ्ने भयो मर्मत खर्च

मेलम्चीको पानी सडकमा, ‘धान्न नसक्ने’ गरि बढ्ने भयो मर्मत खर्च
+
-

काठमाडौँ– चापागाउँ दोबाटोबाट लगनखेल जाने बाटोतिर पाँच मिनेटकाे पैदल दूरी पार गरेपछि सातदोबाटो जाने चाेक आउँछ। सोही चोकको दायाँ पट्टी ठ्याक्कै बिजुलीको पाेलको छेउ हुँदै जमिनमुनिबाट पानी बगिरहेको देखियाे।

पसल अगाडि एक महिला लुगा धाेइरहेकी थिइन्।  ‘यो मेलम्चीको पानी बगेको हो?’ मुन्टो हल्लाउँदै उनले ‘हो’ को संकेत दिइन्।

पानी सडकमा बगिरहेको थियो। याे अवस्था ललितपुरमा मात्र होइन, काठमाडौँमा पनि छ। मेलम्चीकाे पानी वितरण भएका काठमाडौँ उपत्यकाका विभिन्न ठाँउमा सडकमा पानी बगिरहेकाे देखिन्छ।

मेलम्चीकाे पानी वितरण भएलगत्तै खानेपानीका पाइपहरु फुट्न थालेका छन्। पाइफ फुटेपछि सडकमा पानी बगिरहेका दृष्यहरु धेरै देखिन्छन्।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले भने  फुटेका पाइपहरु फेरेर मर्मतकाे काम भइरहेको जानकारी दिएको छ। तर पानी ‘लिकेज’ समस्या बढ्दो क्रममा छ। सडक विभागका प्रवक्ता शिव प्रसाद नेपालले ‘लिकेज’ को समस्याले सडक विभागलाई थप चुनौती थपेको बताए।

उनले भने, ‘लिक भएको ठाँउमा केयुकेएले मर्मत टोली बनाएर टाल्ने गरेको छ। आज एउटा ठाँउमा ट्याल्यो भोलि फेरि अर्को ठाँउमा लिक हुन्छ। यसले हामीलाई धेरै चुनौती थप्यो।’

उनका अनुसार मोटामोटी रुपमा काठमाडौँका सडक खाल्डाखुल्डीरहित भएको थियो। मेलम्चीको पानीले थप चुनौती थपियो।

‘लिकेज भएपछि मर्मतका लागि खन्नु पर्‍यो। मर्मतका लागि लिकेज भएको पानी सुक्न दिनु पर्‍यो’ उनले भने, ‘यत्तिकै मर्मत गर्न मिल्दैन। फेरि धुँलो हुने सम्भावना देखियो।’

मेलम्चीकाे पानी यसरी नै ‘लिकेज’ हुने क्रम बढ्दै गएमा सडक विभागको बजेटले नभ्याउने उनले बताए।

‘दैनिक पाइफ फुट्ने र टाल्ने काम भइरहेको छ। सामान्य खाल्डाखुल्डी टाल्न हाम्रो रेगुलर खर्चमा भ्याउँछ’ उनले भने, ‘तर पछि गएर हामी सक्दैनौँ। थप बजेटको व्यवस्था गर्नुपर्छ भनेका छौँ। अर्थमन्त्रालय वा केयुकेएल कसले दिने हो दिनुपर्छ । होइन भने हामी सक्दैनौँ।’

उनले करिब २ स्क्वायर मिटरको खाल्डो टाल्न झण्डै २ हजार रुपैयाँ खर्च लाग्ने गरेकाे बताए। उनले भने, ‘खाल्डो खन्नु पर्छ। एउटा खाल्डो २ स्क्वायर मिटरको हुन्छ एभरेजमा । त्यसलाई टाल्नलाई झण्डै २ हजार रुपैयाँ लाग्छ। एक चोटी खाल्डो खनेर पानी पठाएर टेस्ट गरेर दिने हो भने २ दिन लाग्छ । आजलाई खनेर बनाएर पुरेर पानी पठायो भने फेरि लिकेज हुन सक्छ। फेरि खन्नु पर्छ । एउटा खाल्डो मर्मत हुन २/३ दिन लाग्छ।’

अहिले केयुकेएलले साढे ८ करोड लिटर पानी वितरण गर्दै आएको छ। विस्तारै पानीको मात्रा बढ्दै गएर १७ कराेड लिटर पुग्नेछ। हाल वितरण भइरहेको पानी पुरानै संरचनाबाट वितरण भइरहेको छ। साढे ८ करोड लिटर पानी धान्न नसक्ने पुरानो संरचनाले कसरी १७ करोड लिटर पानी धान्ला भन्ने प्रश्न खडा भएकाे छ।

सडक विभागका प्रवक्ता नेपालले प्रश्न गरे, ‘अहिले साढे ८ करोड लिटर पानी आइराख्दा यस्तो हालत छ भने १७ करोड लिटर पानी आउँदा के हाेला ?’

डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख कुबेर नेपालीले पनि यस विषयमा केयकेएलसँग छलफल भइरहेको जानकारी दिए। पानी ‘लिकेज’ को विषयलाई केयुकेएलले हल्का रुपमा लिएको उनले आरोप लगाए।

‘केयुकेएलले सुरुमा हल्का रुपमा लियाे। यो फुट्यो भने सडकले बनाइ हाल्छ । सामान्य अवस्थामा दुईचार वटा हाम्रो काम हुँदैछ भने दायाँबायाँ पानीले फुटाको भनेर छोड्ने कुरा भएन । हामीले बनाउँछौँ, ’ उनले भने, ‘तर यति भयावह अवस्थाको तयारी गरेको उहाँहरुले देखिएन।’

नेपालीका अनुसार सडकको मर्मत प्राविधिक हिसाबले भन्दा पनि मर्मतको स्रोत कसरी जुटाउने भन्ने विषय निकै चुनौतीपूर्ण छ।

‘राष्ट्रिय गौरवको आयोजनालाई हामीले सर्पोट गर्नुपर्छ। हामी गरिरहेका पनि छौँ। प्राविधिक विज्ञ मान्छे परिचालन गर्नलाई हामीलाई समस्या भएन’, उनले भने, ‘साधारणतया उहाँहरुले स्रोत दिइरहेको हो। अर्को कुरा हाम्रो नियमित मर्मतबाट पनि खर्च थपघट गरेर एडजस्ट गर्न सकिन्थ्यो । तर अहिलेको अवस्था चाहि सयौँ ठाँउमा फुटिरहेको छ। करोडौँ रुपैयाँभन्दा बढि लागत अनुमान गरिएको छ। त्यो स्रोत चाहिँ हामीले अहिलेका लागि जुटाउन सक्ने अवस्था रहेन।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?