कर्णाली नदीमा दुईवटा मोटरेवल पुल बन्ने

कर्णाली नदीमा दुईवटा मोटरेवल पुल बन्ने
+
-

सिमकोट – कर्णाली नदीमाथि दुईवटा मोटरेवल पुल बन्ने भएका छन्। खार्पुनाथ गाउँपालिकाका तीनवटा वडासँग सडक सञ्जाल जोड्नका लागि पक्की पुल बन्न लागेको हो।

लालीबगरबाट औलथाली र याङ्चुबगरबाट तुम्लीङ जोड्ने दुईवटा पक्की पुल बन्ने प्रकृया सुरु भएको पूर्वाधार विकास कार्यालयका प्रमुख देवी ऐडीले जानकारी दिए।

दुवै पुल निर्माणका लागि ई बिडिङ प्रकृया सुरु हुन लागेको छ। लालीबगरबाट औलथाली पक्की पुलका लागि १५ करोड दुई लाख र गाउँपालिका केन्द्र याङ्चु बजारदेखि तुम्लिङ जोड्ने पक्की पुलका लागि १७ करोड ९४ लाख बजेट विनियोजित भएको छ।

बहुवर्षीय योजना अनुसार बन्ने भएका कारण यी पुलहरु पाँच वर्ष भित्र निर्माण अवधि राखिएको छ।

ई बिडिङबाट छनौट भएका निर्माण कम्पनीले पक्की पुलको डिजाईन र निर्माण आफै गर्नु पर्ने छ। पुलको निर्माण पछि खार्पुनाथ गाउँपालिकाका वडा नम्बर २,३ र ४ का सात सय घरधुरीका स्थानीय लाभान्वित हुने खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?