डा. मणिभद्र मुनिद्वारा जैन ग्रन्थ नेपालीमा अनुवाद, राष्ट्रपति भण्डारीद्वारा लोकार्पण

डा. मणिभद्र मुनिद्वारा जैन ग्रन्थ नेपालीमा अनुवाद, राष्ट्रपति भण्डारीद्वारा लोकार्पण
+
-

काठमाडाैँ– जैन ग्रन्थ नेपाली भाषामा अनुवाद गरिएको छ। नेपाल केशरी डा. मणिभद्र मुनिजी महाराजले जैन ग्रन्थको नेपाली भाषामा अनुवाद गरेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त ग्रन्थको मंगलबार लोकार्पण गरिन्। काठमाडौँको कमलादीस्थित जैन भवनमा राष्ट्रपति भण्डारीले नेपालीमा अनुवाद गरिएको जैन ग्रन्थको लोकार्पण गरेकी हुन्। राष्ट्रपति सहभागी हुने यस्ता कार्यक्रमहरु सामान्यतया राष्ट्रपति भवन शितल निवासमा गरिने भएपनि उक्त ग्रन्थको लोकार्पणका लागि राष्ट्रपति भण्डारी आफै जैन भवन पुगेकी थिइन्।

मानव मिलन प्रवर्तक, मानव आचार्य, अन्तर्राष्ट्रिय मानव मिलन संस्थाका संस्थापकसमेत रहेका डा. मणिभद्र मुनिजी महाराज नेपाली मुलका हुन्। डा. मणिभद्र मुनि नेपालमै जन्मिएर किशोरावस्थामै भारत गएर जैन परम्परामा दीक्षित भइ शिक्षादीक्षा प्राप्त प्राप्त गरेका थिए।

जैन धर्मका प्रवर्तक महावीरको निर्वाण भएको २५४८ वर्षपछि जैन ग्रन्थ नेपाली भाषामा अनुवाद गर्ने ऐतिहासिक कार्य भएको भन्दै जैन समाजमा खुसीयाली छ। लोकार्पण कार्यक्रममा बोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जैन ग्रन्थको नेपाली अनुवाद गर्ने कार्य ऐतिहासिक भएको भन्दै  यसको प्रकाशनबाट आफू खुसी भएको बताइन्।

भारतका २९ वटै राज्य भ्रमण गरी नेपालसम्म पैदल यात्रा गर्ने श्रावक परम्पराका मुनि महाराजलाई स्वागत गर्दै राष्ट्रपति भण्डारीले जैन मुनिद्वारा मानव हितार्थ गरिएका कर्म तथा यस्तो कठिन व्रतको प्रशंसा गर्दै धार्मिक सहिष्णुतामा यसको विशिष्ट महत्व रहेको बताइन्।

सो अनुवादबाट नेपालका साथै भारतको सिक्किम, देहरादून लगायतका क्षेत्रमा रहेका नेपाली भाषी पनि लाभान्वित हुने जैन समाजको विश्वास छ।

लोकार्पण समारोहमा विश्व हिन्दू महासंघका तर्फबाट केन्द्रीय अध्ययक्ष डा. रामचन्द्र अधिकारीले डा. मणिभद्र मुनिजी महाराजलाई विश्व हिन्दू महासंघका संरक्षक पदमा मनोनयन गरे।

सोही अवसरमा डा. मणिभद्र मुनिजी महाराजले वर्तमान समयमा धर्मको विशिष्ट आवश्यकता रहेको बताए।

लोकार्पण कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले विमोचित ग्रन्थबारे शुभकामना मन्तव्य राखे।

पुस्तकका सम्पादक नारायणप्रसाद अधिकारीले जैन धर्म र नेपालका सम्बन्धको ऐतिहासिकताबारे प्रकाश पारेका थिए। उनले विभिन्न कालखण्डमा जैन मुनिहरूको नेपालसितको सम्बन्धको चर्चा गर्दै वर्तमान समयमा मानवमिलन संस्थाका संस्थापक नेपाल केशरी डा. मणिभद्र मुनि महाराजको योगदानको चर्चा गरे।

मानव मिलन नेपालका अध्यक्ष नमन उपाध्याय, मानव आचार्य, अन्तर्राष्ट्रिय मानव मिलन संस्थाका उपाध्यक्ष राजेन्द्र चोरडिया, जैन महिला मण्डलकी अध्यक्ष सुजाता मेहता, जैन परिषदका पूर्व उपाध्यक्ष लोकमान्य गोल्छा, स्थानकवासी समाजका अध्यक्ष कवीन्द्र मोदी, नेपाल अणव्रत समितिका पूर्व अध्यक्ष दिनेश नौलखा, नेपाल अणव्रत समितिका पूर्वअध्यक्ष ज्योतिकुमार बेगानी, मानव मिलन नारी जागरण नेपाल, काठमाडौँकी संस्थापक अध्यक्ष शान्ति ढकाल, जैन परिषदका सदस्य राजेन्द्र गोल्छा, सुनील जैन आदिले पनि लोकार्पण कार्यक्रममा आफ्ना विचार व्यक्त गरेका थिए।

सावित्री शर्माले कार्यक्रम संचालन गरेकी थिइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?