कोरोना महामारी अन्त्यको कामना गर्दै लुम्बिनीमा २५६५ वटा दीप प्रज्ज्वलन गरिने

कोरोना महामारी अन्त्यको कामना गर्दै लुम्बिनीमा २५६५ वटा दीप प्रज्ज्वलन गरिने
+
-

बुटवल – बुद्ध जन्मस्थल लुम्बिनीमा २५६५ औँ बुद्ध जयन्ती कोरोना महामारी अन्त्यको कामना गर्दै मनाईँदैछ। कोरोना भाइरसको महामारीका कारण बुद्ध जन्मस्थलमा कुनै औपचारिक कार्यक्रम हुने छैनन्।

कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुको सम्झना, बिरामीहरुको स्वास्थ्यलाभ र महामारी अन्त्यको कामना गर्दै २५६५ वटा दीप प्रज्ज्वलन गरेर मनाउने लुम्बिनी विकास कोषका सदस्य सचिव शानुराजा शाक्यले जानकारी दिए।

बुद्धजयन्तीको दिन बुधबार बिहान सबै गुम्बा, बिहारको प्रतिनिधित्व हुनेगरी मायादेवी परिसरमा उपस्थित हुने र उक्त कार्यक्रममा सम्माननीय राष्ट्रप्रमुख, प्रधानमन्त्रीको सन्देश वाचन गर्ने र पूजापाठ गर्ने, परित्राण पाठ गर्ने र बेलुका कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको सम्झना, बिरामीहरुको स्वास्थ्यलाभ र महामारी अन्त्यको कामना गर्दै दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको शाक्यले बताए।

रुपन्देहीमा वैशाख १६ गतेदेखि लकडाउन भएयता नै लुम्बिनी बन्द छ। बितेको वर्ष कोरोना भाइरसको संक्रमण घट्दै गएपछि केही पर्यटक आगमन बढेको थियो। पुनः महामारी फैलिन थालेपछि लुम्बिनी सुनसान बनेको छ।

सुनसानका बीच सीमित उपस्थितिमा बुद्ध पूर्णिमा मनाउनुपर्ने बाध्यता आएको शाक्यले बताए।

बुद्ध धर्ममा वैशाख पूर्णिमाको महत्व धेरै रहेको छ। सिद्धार्थ गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्त गरेको दिन र महापरिनिर्वाण भएको दिन वैशाख पूर्णिमा हो।

नेपाल लगायत बौद्ध राष्टहरु भुटान, थाईल्याण्ड, म्यानमार, मंगोलिया, कम्बोडिया, श्रीलङका, लाओस , कोरिया, जापान, चीन आदि देशहरुमा वैशाख पूर्णिमा अर्थात बुद्धजयन्तीलाई विशेष राजकीय सम्मानका साथ मनाउने गरिन्छ।

आजभन्दा २५६५ वर्षअघि हालको लुम्बिनीमा सिद्धार्थ गौतमको जन्म भएको थियो। बुद्ध जन्मिएको प्रमाणको रुपमा प्रसिद्ध मौर्य सम्राट अशोकले आफ्ना आध्यात्मिक गुरु उपगुप्तको मार्ग दर्शनमा ईसा पूर्व २४९ मा लुम्बिनीको भ्रमण गर्दै “हिद बुधे जाते शाक्यमुनिति” अर्थात यहाँ शाक्यमुनि बुद्ध जन्मिनु भएको थियो भन्ने शिलालेख सहितको स्तम्भ खडा गरेका थिए। जुन स्तम्भ नै बुद्ध लुम्बिनीमा जन्मिएको सबैभन्दा ठूलो र महत्वपूर्ण प्रमाण हो।

यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शुभकामना सन्देश दिदै कोरोना भाइरसको महामारी अन्त्यको कामना गरेका छन्। उनले धेरै खालका अप्ठारालाई बिर्सेर संक्रमण रोक्न, संक्रमितको आत्मबल बढाउन र उपचारलाई प्रभावकारी बनाउन सबैले सहयोगी भूमिका खेल्न आह्वान गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?