ओलीको प्रस्तावबारे छलफल गर्न नेपाल पक्षको स्थायी कमिटि बैठक बस्दै

ओलीको प्रस्तावबारे छलफल गर्न नेपाल पक्षको स्थायी कमिटि बैठक बस्दै
+
-

काठमाडौँ – नेकपा एमालेबाट कारवाहीमा परेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बैठक सोमबार बस्दैछ ।

अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको प्रस्तावका सम्बन्धमा छलफल गर्न नेपाल पक्षको स्थायी कमिटि बैठक बस्न लागेको हो ।

बैठक बिहान ११ बजेपछि भर्चुअल रुपमा बस्ने नेता भीम आचार्यले जानकारी दिएका छन् । स्थायी कमिटिमा छलफल गरेपछि अध्यक्षको प्रस्तावका सम्बन्धमा आफूहरुको धारणा सार्वजनिक हुने उनले बताए ।

यसैबिच अध्यक्ष ओली पार्टीलाई माओवादी केन्द्रसँग एकता अघिको अवस्थामा फर्काउन सहमत भएका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार पार्टी एकताका लागि आह्वान गर्दै २०७५ जेठ ३ गतेपूर्वको अवस्थामा जान तयार भएको उल्लेख गरेका हुन् । तर त्यसका लागि उनले शर्त अघि सारेका छन्।

ओलीको शर्तसहितको ६ बुँदे एकता प्रस्तावमा भनिएको छ, ‘आफ्ना पार्टीका अध्यक्षलाई प्रधानमन्त्रीको पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा एमालेका निवर्तमान सांसदहरूको हस्ताक्षर फिर्ता हुनेछ।’

उनले थप भनेका छन्, ‘यसबीचमा विभिन्न कमरेडहरूबाट भएका गल्ती तथा कमीकमजोरीलाई लिएर कुनै कारवाही गरिने छैन, पूर्वाग्रह राखिने छैन र कुनै भेदभाव गरिने छैन।’

ओलीले नेकपा एमालेलाई २०७५ जेठ ३ गतेपूर्वको अवस्थाबाट अगाडि बढाइने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटिका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनुभएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटि र स्थायी कमिटिका संरचनाहरु गतिशील हुनेछन् ।’

पार्टी कमिटि र जनसंगठनहरु पनि २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने ओलीको भनाई छ।

यो पनि पढ्नुहोस्

एमालेलाई एकतापूर्वको अवस्थामा फर्काउन ओली सहमत, विद्रोही सांसदले सर्वोच्चको रिटबाट हस्ताक्षर फिर्ता लिनुपर्ने

एमालेलाई एकतापूर्वको अवस्थामा फर्काउन ओली सहमत, विद्रोही सांसदले सर्वोच्चको रिटबाट हस्ताक्षर फिर्ता लिनुपर्ने

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?