‘ड्रपआउट’लाई टिकाउने नयाँ रणनीति

‘ड्रपआउट’लाई टिकाउने नयाँ रणनीति
+
-

नेपालगञ्ज – बाँकेको खजुरा गाउँपालिकाले बीचैमा विद्यालय छाड्ने (ड्रपआउट) विद्यार्थीलाई टिकाउन नयाँ रणनीति बनाएको छ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लका अनुसार एक हजार एक सय १९ जना अर्थात् ७ प्रतिशत बालबालिका विद्यालयबाहिर छन्।

उनीहरू धेरैजसो विद्यालय प्रवेश गरेर छुटेकामा पर्छन्। शिक्षा शाखा प्रमुख मल्लले ‘समता रणनीतिक कार्यान्वयन योजना’ बनाएर गाउँपालिका ड्रपआउट विद्यार्थीलाई स्कुलमा भित्र्याएर टिकाइराख्ने गरी लागिपरेको जानकारी दिए।

खजुराले यो रणनीतिक योजना कार्यान्वयनका लागि ११ लाख रुपैयाँ छुट्याएको छ।

खजुराको यो रणनीतिलाई संघीय सरकारले पनि सपोर्ट गरेको छ। संघले त्यसका लागि १३ लाख रुपैयाँ पठाइदिएको छ।

शिक्षा शाखा प्रमुख मल्लले पारिवारिक सर्वेक्षण गरेर विद्यालयबाहिर रहेका बालबालिकाको तथ्यांक निकालिएको बताए।

कोरोनाले गर्दा घरदैलो गरेर भर्ना गर्ने अभियान प्रभावित भएको छ। असार १ गतेदेखि वैकल्पिक प्रणालीबाट पढाउने तयारी भइरहेको छ।

विद्यालयबाहिर रहेका बालबालिकाको तथ्यांक आइसकेकाले उनीहरूलाई विशेष सुविधा दिएर विद्यालय प्रवेश गराउने तयारी भएको मल्लले बताए।

‘अरुले चार सय रुपैयाँ छात्रावृत्ति पाउँछन्, अहिले विद्यालयबाहिर रहेकालाई एक हजार रुपैयाँसम्म दिन सकिन्छ,’ मल्लले भने, ‘जसरी पनि उनीहरूलाई विद्यालय प्रवेश गराउने र टिकाउने अभियानमा लागेका छौं।’

खजुरामा ६४ वटा विद्यालय छन्। १८ हजार बढी विद्यार्थी छन्। यसमा सरकारी विद्यालयमा पढ्ने १३ हजार छन्।

खजुराले विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्थापन गरिरहेको छ।

जिल्लामै पहिलो पटक खजुरा गाउँ शिक्षा पञ्च वर्षीय योजना तयार गरेको गाउँपालिकाले ४० जना विद्यार्थी बराबर एक जना शिक्षक हुनुपर्ने मापदण्ड बनाएको छ। संघीय हिसावमा ५० जना विद्यार्थी बराबर एकजना शिक्षक पर्छन्। पञ्च वर्षीय योजनाअन्तर्गत पालिकाले २५ जना शिक्षक करारमा लिएर दरबन्दी नभएका विद्यालयमा पठाएको छ।

एकजना शिक्षक बराबर ४० जना भन्दा बढी विद्यार्थी भएको स्कुललाई पालिकाले अनुदान दिने र त्यसबाट शिक्षक नियुक्ति गर्ने प्रबन्ध मिलाइएको मल्लले बताए। मदरसासहित ३४ वटा विद्यालयमा ३० लाख अनुदान निकासा गरेको छ।

गाउँपालिकाले अनिवार्य निशुल्क शिक्षा चलाउन ३७ लाख ८८ हजार छुट्याएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?