
रासस
असार ६, २०७८

अ
+
अ
अ
-
सिन्धुपाल्चोक – असार १ गतेको मेलम्चीको बाढीमा बेपत्ता भएकामध्ये थप एक जनाको शव भेटिएको छ।
बाढीमा हराइरहेका पाँचपोखरी थाङपाल गाउँपालिका—२ का ६३ वर्षीय ठकुरी स्याङ्बोको शव पहिचान भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए।
बाढीबाट मृत्यु हुनेको संख्या चार पुगेको छ भने अझै २१ जना बेपत्ता छन्।

