
सिमकोट – तीन दिन देखिकाे अविरल वर्षाका कारण हुम्लाका २४ वटा घरमा क्षति पुगेकाे छ।
सिमकोट गाउँपाकिला – ३ की याङ्सो लामाले घर पूर्ण रुपमा भत्किएको बताइन्। आफ्नाे घर भत्केपछी छिमेकीकाे घरमा सहारा लिइरहेकाे उनले बताइन्।
उनकाे मात्रै हाेइन वर्षाका कारण सिमकोट, खार्पुनाथ, सर्केगार्ड र ताँजाकोट गाउँपालिकाका २४ वटा घरमा पूर्णदेखि आंशिक क्षति पुगेको छ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका नायव उपरीक्षक हेरम्भ शर्माले २४ वटा मध्ये पाँच वटा घर भत्केर कामै नलाग्ने अवस्थामा रहेका जानकारी दिए। यी पाँच घरका मानिसहरु अहिले छिमेकीकाे घरमा बसिरहेका उनले बताए।
बिस्थापितहरुका लागि राहत तथा पुनर्स्थापनाकाे काम हुन सकेकाे छैन।