
मौसम सफा भन्दै थिए बर्सात चल्यो फेरि
आफ्ना समेत डुबाइ लग्यो जिमी गल्यो फेरि।।
नजोतिएका बहर जोते उब्जाउ हुने आशले
खेतमा बस्यो राँटै राँटा सिउँडी फल्यो फेरि।।
किरिया ख्वाइ थकाइ मार्न आराम गरौँ भन्दा
आगो हाल्या हुक्का चिलिम कता ढल्यो फेरि।।
भर्खरको दौरा सुरुवाल कस्तो सुग्घर थियो
तेल हालेको कालो मोसो कस्ले दल्यो फेरि।।
आफू भए आफ्नै तजबिज भर्ना भर्ति आफ्नै
खान्की आफ्नो थमाउन नियम छल्यो फेरि।।
टाउको पुच्छर बराबर ठ्याक्क मिल्यो भन्थे
मुङ्ग्रो घुमाइ टेबुल ठोक्दा बत्ति बल्यो फेरि।।
कुँडे कन्ती देख्यो कित मौका छोपी हाल्ने
अगुल्टो खाँदा बिरालाको थुतुनो जल्यो फेरि।।