फाेटाे फिचर

सिन्धुलीगढी युद्ध संग्रहालयका २३ तस्बिरहरु

सिन्धुलीगढी युद्ध संग्रहालयका २३ तस्बिरहरु
+
-

सिन्धुली – नेपालीहरुको वीरता र सुरताको गाधा बाेकेको सिन्धुलीगढी युद्धका दस्तावेजहरु एकै स्थानमा संग्रहित गरिएसँगै तयार भएको नेपालको पहिलो युद्ध संग्रहालय हो सिन्धुलीगढी युद्ध संग्रहालय।

नेपाल र अंग्रेजबिचको युद्धका दस्तावेज र प्रमाणहरुसहितको संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार विशेष कार्यक्रमका बिच उद्घाटन गरिन्। निर्माण गरेको नेपाली सेनाले सो संग्रहालय कमलामाई नगरपालिकालाई हस्तान्तरण गरेको छ।

विसं १८२४ मा गोर्खा फौज र अंग्रेज सेनाबिच भएको युद्धको स्मरण गराउने सामग्रीहरु संग्रहालयमा राखिएको छ। तत्कालीन समयमा गोर्खा फौजले इस्ट इन्डिया कम्पनीकाे अंग्रेज फौजलाई हराएकाे थियो। संग्रहालयसँगै त्यहाँको अरु परिवेषले पनि गौरव पूर्ण इतिहास बोकेको समयको झल्को दिन्छ।

सिन्धुलीगढी क्षेत्रमा पुग्दा त्यसबेला नेपाली योद्धाले गर्ने युद्ध रणनीति कस्तो हुने रहेछ भन्ने अनुमान जान्न पाइन्छ। संग्रहालय बनिसकेको छ र अहिले पुरानो दरबार पुनर्निर्माणको काम भने जारी छ। विंस १९७५ मा सिन्धुलीगढीका कर्णेल कीर्तिमान खत्रीको नेतृत्वमा बडहाकिम र सेना बस्न १४ ढोका, ५६ झयालसहितको टिनको छानो भएको सिमेन्ट–इट्टा प्रयोग गरि दुई तले दरबार बनाइएको थियो। भग्नावशेष बनेको सो दरबार अहिले पुनर्निर्माण भइरहेको छ। पुरानै स्वरुपमा दरबारको निर्माण भइरहेको हो।

नेपालको इतिहासमा महत्वपूर्ण दुई गढी मध्येको सिन्धुलीगढीका बारेमा विस्तृत जानकारी लिन चाहनेहरुका लागि हालै बनेको संग्रहालयसँगै पुरानो दरबार पनि महत्वपूर्ण गन्तव्य बन्न सक्छ। बुटवलको जितगढी जस्तै सिन्धुलीगढीको महत्व रहेको छ। नेपाल–अंग्रेज युद्धमा यी दुई गढीलाई जीवित दस्तावेजका रुपमा लिइन्छ।

सिन्धुलीका ठूलो र सानो गढी छन, यी दुवैको महत्व नेपाल–अंग्रेज युद्धसँग जोडिएको छ। नेपाली योद्धाले सिन्धुलीगढीको युद्धमा अंग्रेजलाई परास्त गरेका थिए। सो वीरताको इतिहासका दस्तावेजहरुसहित निर्मित संग्रहालय इतिहासका सोधकर्ता, अध्येता, अनुसन्धानकर्ता, विद्यार्थी तथा पर्यटकहरुका लागि महत्वपूर्ण आकर्ष केन्द्र बन्न सक्ने छ। यो संग्रहालय सात करोड ५० लाखको लागतमा झण्डै डेढ वर्षको अवधिमा निर्माण गरिएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?